लेखहरुस्वास्थ्य

यूरिक एसिड बढ्दा खान नहुने खानेकुराहरु

Dr. Hemraj Koirala

डा. हेमराज कोइराला

रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्यालाई गौट-बाथरोग भनिन्छ । खानपान र जीवनशैलीसँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खानपान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य-अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिर्ईएका केही सुझावहरू लाभकारी हुन सक्छन ।

रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिडयुक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटावोलिजम्) को अन्तिम उत्पादन हो । रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्द छ । यस्तो अवश्थामा प्युरिन न्युक्लिक एसिड युक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाप मार्फत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ ।

यूरिक एसिड बढ्दा खान नहुने खानेकुराहरु

१. यूरिक एसिड बढेकाहरुले माछा-मासु, खानुहुदैन । माछा मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।

२. समुन्द्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर, हेरि, ट्यूना, एन्कोभिज प्रजातिका माछाहरु र अन्य समुन्द्री वनस्पतिहरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।

३. मदिरा

युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसापबाट उत्सर्जन हुन पनि रोक्दछ ।

४. कोल्ड ड्रिङ्कस

कोकाकोला, पेप्सीकोला, स्प्राइट, फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज-स्वीटण्ड-ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । फ्रुक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल गेडागुडी

दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।

६. कुरिलो, फूलकोबी, बन्दाकोबी, पालूंगो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेटको मात्रा पनि ज्यादा पाइन्छ ।

७. जंकफूड

जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ ।

८. पुरानो अचार तामा, गुन्द्रुक सिन्की पनि राम्रो होइन ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

पेटको बोसो घटाउने घरेलु उपाय

मुटु रोग र यसको उपचार

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!