खानपानहेल्थ टिप्स

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

मलाई परवलको सब्जी सारै मनपर्छ । यो तरकारीबारे कसलाई थाहा नहोला तर यसलाई मानव स्वास्थ्यमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कुरा केहिलाई थाहा नहुन सक्छ । आज मैले परवलबाट कुन-कुन रोग ठिक हुन सक्छ भन्ने बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

हाम्रो करेसाबारीमा उत्पादन हुने यस्ता अनेकौं तरकारी छन् जसको सहि प्रयोग गर्न सके स्वास्थ्यमा राम्रो भुमिका खेल्दछ । सहि तरिकाले प्रयोग गर्न सके स्वास्थ्य लाभ हुन सक्छ । परवलको नियमित सेवन गर्नाले हुन सक्ने फाइदाबारे मैले तल दिन गइरहेका छौं फाइदा उठाउनु हुनेछ भन्ने अपेक्षा गर्दछौं ।

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

१. परवलको सेवन गर्नाले कब्जीयत हटाउदछ ।

२. परवलको सेवनले पाचन क्रियालाई राम्रो फाइदा गर्दछ । यसले रूचि जगाउदछ ।

३. परवलमा भिटामिन-ए, भिटामिन-बी1, भिटामिन बी2 , भिटामिन-सी र कैल्शियम पशस्त पाइने भएकाले मानव स्वास्थ्यमा राम्रो भुमिका खेल्ने गरेको पाइन्छ ।

४. परवलको जुस र विउको सेवन गर्नाले कोलेस्ट्राल र ब्लड सुगर लेवल कम गर्दछ ।

५. सब्जी एक छ तर उपचार धेरै गर्न सकिन्छ । परवलको बोक्रामा १०० ग्राम प्रति २४ क्यालोरी पाइन्छ । परवलमा मैग्नीशियम, पोटैशियम, फास्फोरस परसस्त पाइन्छ । आयुर्वेदको भनाईमा परवलको सेवनले छालालाई स्वस्थ राख्नुको साथै ज्वरो र कब्जियत समेत हटाउन राम्रो काम गर्दछ ।

६. परवलमा एंटीऑक्सीडेंट्स हुने हुनाले मानिस बुढो हुन र चाउरीपना रोक्न समेत राम्रो भुमिका खेल्दछ ।

७. परवलको जुस नियमित सेवन गर्नाले पेटमा भएका किटाणु मार्नुको साथै जण्डिसमा समेत फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

खोर्सानीका फाइदाहरु

जाडोमा अकबरे खुर्सानी खानुका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

तिते करेला खानुका फाइदाहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!