धर्म-सस्कृति

दुर्योधनले गरेका ३ गल्तीहरु

महाभारतका एक प्रमुख पात्र दुर्योधन खलनायकका रुपमा इतिहासमा दर्ज छन् । दुर्योधनले आफ्नो जीवन कालमा धेरै गल्ती गरे। उनले पाण्डवसंग हार बेहोरे र आफ्नो अध्याय धर्तीमा समाप्त पारेर गए । महाभारत युद्ध अन्त्य तिर जब भीमले दुर्योधनालई पराजित गरे, जमिनमा लम्पसार परेका दुर्योधन तीनवटा औंला देखाउँदै केही भन्ने कोसिस गर्दै थिए । घाइते भएका कारण ठुलो स्वरले बोल्ने अवस्था दुर्योधनको थिएन् । यस्तो देखे पछि भगवान श्री कृष्ण दुर्योधनको नजिक पुगेर बुझ्न खोजे । दुर्योधनले आफूले गरेका ३ गल्ती बताउन खोजेका थिए जसका कारण उनले हार बेहोरे ।

पहिलो गल्ती

दुर्योधनले श्रीकृष्णलाई भने- मेरो पहिलो गल्ती थियो मैले स्वयं नारायणलाई नरोजेर नारायणी सेनालाई रोजे

भएको के थियो भने युद्द शुरु हुन अगाडी एका तिर श्रीकृष्ण र अर्कातिर उनको नारायणी सेना लड्ने अवस्था आयो। किन भने पाण्डव र कौरव दुबै श्रीकृष्णका नाता सम्वन्धी पर्थे। तर दुर्योधनको चाहना भने श्रीकृष्ण भन्दा पनि श्रीकृष्णको शक्तीशाली नारायणी सेनामा थियो र नारायणी सेना पाउँदा निकै खुसी थिए।

दोस्रो गल्ती

दुर्योधनले मानेको दोस्रो गल्ती यस्तो थियो- जब माता गान्धारीले उसलाई नग्न अवस्थामा बोलाइन। कमरको तल पातले छोपेर गएका थिए। यदी उ पुरा नग्न अवस्थामा गएको भए उसको पुरा शरिर बज्रसमान हुन्थ्यो र युद्दमा उसको पराजय संभव हुने थिएन। तर संकोचवश दुर्योधनले आमाले नग्न बोलाउँदा पुर्ण भएर जान सकेनन्।

तेस्रो गल्ती

दुर्योधनले भगवान श्रीकृष्णलाई तेस्रो गल्तीका बारेमा यस्तो बताए- उसको तेस्रो गल्ती युद्दको अन्तिम बेलामा मात्र मैदानमा उत्रनु थियो जतिखेर उसका सबै भाइ मरिसकेका थिए र ठुलो क्षति भइसकेको थियो। यदि युद्धको शुरुवातमै दुर्योधन मोर्चामा भिडेको भए उसको हारका बाबजुद पनि कौरव बंशको नाश हुने थिएन्।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!