जीवन-दर्शन

सम्पुर्ण युवाहरु सत्कार्यमा लागौ

आज हाम्रो देशमा नवयुवक धुम्रपान, जाड, रक्सी, हेरोइन, स्मैक, डाइजापाम लागु पदार्थ जस्ता जस्ताको पछि भागी रहेका छन् । बेरोजगारको कारणले गर्दा यसबाट बच्न चिन्ता हटाउन कुलतको सिकार हुदैछन् । यसतर्फ राजनीति दलको ध्यान पुग्न सकेको छैन । यस्तो पदार्थ सेवन गर्दैमा समस्या समाधान हुनेवाला छैन त्यसैले कुलत त्यागेर सिपको विकास गरौं यसले सबैको कल्याण हुनेछ ।

युवा शिक्षा प्राप्त गरेर खाली बस्नुको पिडाको कारणले कुलतमा फस्नु भन्दा केहि सिप सिक्ने काममा जुटौं भन्ने हाम्रो आग्रह छ । नेपालमा दिइने शिक्षा भनेको अन्तर्राष्ट्रिय स्तरको हुनाले बेरोजगार मेट्न पनि विदेशमा जानुपर्ने र समग्र बेच्नुपर्ने हुन सक्छ । यदि हामीले देश सुहाउदो सिप सिक्न सके कोही खाली बस्नु नपर्ने देखिन्छ ।

जबसम्म हामीले बेरोजगार कसरी हल हुन सक्छ भन्ने विषयमा गहन अध्ययन गर्न सक्दैनौं तबसम्म हामीले यसको उपचार पाउने छैनौं । नेपालमा बेरोजगार मेट्न थुप्रै कामहरु छन् यसतर्फ सबैको ध्यान जान आवश्यक छ । कामले काम सिकाउछ भन्ने युक्तिलाई हमेसा ध्यानमा राखेर अघि बढ्न सकेको खण्डामा कोही बेरोजगार नहुने देखिन्छ ।

एक आपसमा मिलेर हरेक व्यवसाय गर्न सकिन्छ तर केही स्वार्थमा डुबेर गलत काम गर्छन् त्यस्तालाई हटाएर व्यवसाय गर्ने र युवाको हित विपरीत कुनै काम गलत हुन्छ भने बोल्ने र अधिकार लिने काममा पछि पर्नु हुदैन भन्ने हामीलाई लागेको छ ।

देशमा अन्तर्राष्ट्रिय भाषालाई महत्व दिनु भन्दा स्वदेशी भाषालाई महत्व दिदै हामी अघि बढ्न सकेको खण्डमा देशको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । सरकारले बेरोजगार मेटाउने उद्धेश्य अनुरूप दिएको रूपया समुहमा जम्मा गरेर मिलेर कुनै उद्योग चलाउन सके सबैको रोजगार सुनिश्चित हुने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!