मुख्य समाचार

सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार काजुओ इसिगुरोलाई

एजेन्सी, असोज १९ नोबेल पुरस्कार विश्वको सर्वोच्च पुरस्कार हो । सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार कथाकार, उपन्यासकार तथा फिल्म लेखक इसिगुरोलाई दिइने भएको छ । जापानको नागासाकीमा सन् १९५४ मा जन्मिएका इसिगुरोलाई ५ वर्षको छँदा आमाबाबुले बेलायत लगेका थिए । टेलिभिजन तथा फिल्मका लागि स्क्रिप्टसमेत लेख्ने उनको अर्को परिचय गीतकार पनि हो। उनका दुई उपन्यासमाथि फिल्मसमेत बनेका छन् ।

काजुओको सन् १९८९ मा प्रकाशित ‘द रिमेन्स अफ द डे’ निकै चर्चित छ। यसले बुकर प्राइज जितेको थियो । उनलाई ‘द टाइम्स’ ले ‘सन् १९४५ यताका ५० महान लेखक’ सूचीको ३२ औं नम्बरमा समावेश गरेको थियो । उनका ‘अ पेल भ्यु अफ हिल्स’, ‘एन आर्टिस्ट अफ द फ्लोटिङ वर्ल्डस्’, ‘द रिमेन्स अफ द डे’, ‘नेभर लेट मी गो’ गरी सातवटा उपन्यास प्रकाशित छन्। उनको पछिल्लो कृति ‘द बरिड जायन्ट’ हो, जुन २०१५ मा प्रकाशित भएको थियो ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!