मुख्य समाचार

बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई पहिलो रोजाईको मन्त्रालय बनाउँछु – मन्त्री बोहरा

भाद्र २६, काठमाडौँ | नेपाल सरकारको बिज्ञान तथा प्रबिधि मन्त्रीमा राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहराले जिम्मेवारी पाउनु भएको छ । नवनियुक्त मन्त्री बोहोराले पदभार ग्रहण गरेपछि आफुले समालेको बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई पहिलो रोजाईको मन्त्रालय बनाउने बताउनु भएको छ । यस मन्त्रालयको जिम्मेवारी पुरा गर्न आफुले कुनै पनि कसर बाँकी नराखी विगतका राम्रा कामहरुलाई अनुशरण र नयाँ योजनाहरु ल्याएर आकर्षणको मन्त्रालय बनाउने बताउनु भयो ।

यस अघि विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रयाप्त बजेट र स्रोत साधनको कमी हुने गरेको भन्दै मन्त्रालयको जिम्मेवारी लिन प्रभावशाली नेताहरु नमान्ने भएका कारण कनिष्ठ व्यक्ती वा साना दलको भागमा पर्दै आएको थियो । तर आफुले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समालेपछि अव आउने मन्त्रीहरुका लागि आकर्षणको मन्त्रालयको रुपमा रुपान्तरण गर्ने मन्त्री बोहोराले दावी गर्नु भएर्को छ ।

बोहराले मन्त्रालयका सचिव लगायत कर्मचारीहरूलाई निर्देशन दिदै बिज्ञान तथा प्रविधि मन्त्रालयमा कुनै पनि दलका मन्त्री भएर आउन नमानेका कारण अर्को पटक यस मन्त्रालयलाई दलहरूको पहिलो रोजाईको मन्त्रालय बनाउन आफू मन्त्री भएर आएकोले सोही अनुसार काम गर्ने र सम्पूर्ण कर्मचारीहरूलाई पनि अग्रसर भएर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले अहिलेको युग प्रविधिको युग भएकोले जनताको पहुँचमा पुग्ने गरि प्रविधिको यथेष्ट विकासका लागि आफू अग्रसर हुने बताउनुभयो। नेपालमा प्राकृतिक प्रकोपले दुःख दिइरहने भएकोले समयमै यसको जानकारी जनताले पाउने खालका प्रविधिको विकास आजको आवश्यकता भएको र उक्त खालका प्रविधिको विकास गरि जनधनको क्षति हुनबाट जोगाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताउनु भयो । यसैगरी अबको केही दिनभित्रै नेपाल राजपत्र सम्पूर्ण जनताले सहज र सुलभ तरिकाले पढ्न पाउने गरी नेपाल राजपत्रको एप्स संचालन गर्ने बताउनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!