मुख्य समाचार

बिज्ञान तथा प्रबिधि मन्त्रीको जिम्मेवारीमा दिपक बोहरा

भाद्र २६, काठमाडौँ | नेपाल सरकारको बिज्ञान तथा प्रबिधि मन्त्रीमा राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहराले जिम्मेवारी पाउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । यस अघि उहाँले वन मन्त्री, श्रम तथा रोजगार मन्त्री, आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

बिज्ञान तथा प्रबिधिका क्षेत्रमा अनुसन्धान र बिकासलाई उच्च प्राथमिकताका साथ अघी बढाउन राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गरी हाल्नुपर्दछ । हामीले बिज्ञान तथा प्रबिधिको तत्कालिन, अल्पकालीन र दिर्घकालीन रणनीतिहरु बनाएर अनुसन्धान र विकासमा तुरुन्तै लाग्नुपर्छ। शहरी लगायत दुर्गम र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् ।  यस्ता प्रतिभाहरुलाई उचित सम्मान र अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने मुख्य कर्तव्य मन्त्रालयको हो।

बिज्ञान तथा प्रविधिको प्रवर्द्धन गर्न जनचेतनामुलक उल्लेखनीय कार्यक्रमहरु एफएम, रेडियो र टेलिभिजनहरुमा हुन जरुरी छ । धेरै बिज्ञानका जिज्ञाषहरुको उचित बैज्ञानिक समाधान गर्न अनुसन्धानात्मक पुस्तक प्रकाशन गर्नुपर्छ र लेखहरु पत्र-पत्रिकामा पनि आउनुपर्छ । हाम्रो समाजमा रुढिवादी परम्परा भनिएका कुरामा त्यसपछि केहि बैज्ञानिक कारण जोडिएको छ कि भन्ने बारेमा र रुढिवादी कुराको बैज्ञानिक ब्याख्या गर्न खोज तथा अनुसन्धान हुनु जरुरी छ।

२१ औ शताब्दीलाई बिज्ञान तथा प्रविधिको युगको संज्ञा दिएतापनि नेपालमा बिज्ञान तथा प्रबिधि क्षेत्रको विकास नारामा सिमित छ ।  राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिको क्षेत्रका विज्ञ, बैज्ञनिकहरुसँग सल्लाह र सुझाव लिएर अगाडि बढ्न सके मात्र दीर्घकालीन रुपमा विज्ञान र प्रविधिको विकास गर्न सकिन्छ होइन भने हामी सँधै परनिर्भर मात्रै रहीरहने छौं । देश आर्थिक रुपले सम्पन्न भई सकेपछि मात्र विज्ञान र प्रविधिको विकास गरौंला भन्ने सोच राखियो भने हाम्रो परनिर्भरता अझै बढ्ने छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु  हाम्रो देशको आवश्यकता हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!