मुख्य समाचार

बिज्ञान तथा प्रबिधिका क्षेत्रमा अनुसन्धान र बिकासलाई उच्च प्राथमिकता दिने

जेष्ठ ११, २०७४, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को  लागि निर्धारण गरेको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सार्वजनिक गर्नु भएको छ । व्यवस्थापिका संसद्को बिहीबार बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले अर्थतन्त्रको सुधारमा विशेष प्राथमिकता दिएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

के लेखिएको छ त सरकारको नीति तथा कार्यक्रममा ?

मुलुकको सम्बृद्धिका लागि बिज्ञान तथा प्रबिधिको क्षेत्रबाट प्राप्त हुन सक्ने लाभ,  अवसर र सम्भावनालाई खोजी गरी यस क्षेत्रमा सख्यात्मक र गुणात्मक बिकास गरिनेछ ।  बिज्ञान तथा प्रबिधिका क्षेत्रमा अनुसन्धान र बिकासलाई उच्च प्राथमिकताका साथ अघी बढाउन राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ ।

हामीले बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहसँग अन्तर्वार्ता लिँदा पनि  बिज्ञान तथा प्रबिधिका क्षेत्रमा अनुसन्धान र बिकासलाई उच्च प्राथमिकताका राख्नुपर्छ भनेर ध्यानाकर्षण गराई नीति तथा कार्यक्रममा समावेश गर्न गराउन पहल गरेका थियौ ।  बिज्ञान तथा प्रबिधिको विकास, प्रचार-प्रसार र प्रवद्धनमा हामीले खेलेको भूमिकाको कदर भएकोमा हामीलाई आत्मसन्तुष्टि मिलेको छ । बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंह र सचीव डा. संजय शर्माज्यूलाई  यहाँहरुको  सह्रानीय कदमको लागि बधाई र धन्यवाद दिन्छौ ।

हामीले बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहसँग लिएको अन्तर्वार्ता हेर्नुहोला ।

विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!