मुख्य समाचार

बढयो विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट  

काठमाडौँ, १५ जेठ । सरकारले आव २०७४/७५ का लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्नु भएको हो । सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ अर्ब २१ करोड २० लाख २१ हजार बजेट विनियोजन गरेको छ भने गतबर्ष यस मन्त्रालयका लागि ७८ करोड ३५ लाख २४ हजार बजेट विनियोजन गरिएको थियो । उक्त बजेट गतवर्ष भन्दा ४२ करोड ८४ लाख ९७ हजार अर्थात लगभग ५४.६९% प्रतिशतले बढी हो ।

बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहले हामीसँग अन्तर्वार्ताका क्रममा विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने कुरा बताउनु भएको थियो ।  हामीले बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहसँग लिएको अन्तर्वार्ता हेर्नुहोला ।

विज्ञान तथा प्रविधिको विकास गर्न अनुसन्धान र विकासको बजेट बढाईने – मन्त्री सिंह

त्यस्तै अन्तर्वार्ताका क्रममा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचीव डा. सञ्जय शर्माले हामीसँग मन्त्रालयको बजेट बढाईने कुरा व्यक्त गर्नुभएको थियो । हामीले बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचीव डा. सञ्जय शर्मासँग लिएको अन्तर्वार्ता हेर्नुहोला ।

http://scienceinfotech.com.np/2017/05/11/5147/

बिज्ञान तथा प्रबिधिको विकास गर्नको गत वर्षको तुलनामा उल्लेखनीय रुपमा बजेट बढाई सह्रानीय कदमको सुरुवात गर्नु भएकोमा मन्त्री प्रेमबहादुर सिंह र सचीव डा. संजय शर्माज्यूलाई  बधाई र धन्यवाद दिनैपर्छ ।

यस्तो छ विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यक्रम

१६४. विज्ञान तथा प्रविधिको अधिकतम उपयोग गरी पूर्वाधार विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विज्ञान तथा प्रविधिलाई मुलुकको समग्र अभिलेख ब्यवस्थापन र सबै सरकारी सेवा वितरणका लागि मुख्य औजारको रुपमा प्रयोग गर्न आवश्यक अनुसन्धान तथा विकास निकायहरूको क्षमता अभिबृद्धि गरिनेछ ।

१६५. विज्ञान र प्रविधिको अन्वेषण गर्ने युवा वैज्ञानिकहरूलाई प्रोत्साहन गरिनेछ । विदेशमा रहेका नेपाली वैज्ञानिकहरूलाई नेपालमा फर्केर योगदान गर्नसक्ने वातावरण सिर्जना गरिनेछ ।

१६६. विज्ञान तथा प्रविधिको विशिष्टीकृत अध्ययन अनुसन्धान गर्नका लागि त्रिभुवन विश्वविद्यालयमा एउटा विज्ञान शहर स्थापना गररनेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका अनुसन्धान केन्द्रहरूको पुनर्गठन गरी आर्थिक, प्रशासनिक, शैक्षिक र सामाजिक क्षेत्रहरूका लागि राष्ट्रिय अनुसन्धान केन्द्रको रुपमा विकास गरी समसामयिक विषयमा अनुसन्धान गर्न उत्प्रेरित गरिनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!