साहित्य-कला

बाल दिवस

प्रभा आचार्य
प्रभा आचार्य

सूर्यको किरणले स्पर्श गर्दै बिहानीको सङ्केत दिन्छ

सुमधुर सुनौलो आकाङ्क्षा बोक्दै अगाडि बढने कोसिस गर्छ

 

सत्यतालाई छेकेर छेकिन्न सधैं शाश्वत हुन्छ

प्रयत्न गरेको आशाले निराशालाई अवश्य जित्छ

 

पवित्र मनका खानी उज्ज्वल तारा अवोध कोपिला

कोमल हातमा हात मिलाई हिंडछन एकैसाथ बनी जोशिला

 

सँधै साँचो बोल्ने राम्रो काम गर्ने

स्कुल गई पढेर ज्ञानको आँखा खोल्ने

 

आजको बालक भोलीका कर्णधार

देश विकासको लागि दिन्छन् दह्रो आधार

 

निस्वार्थ भाव र निश्चल स्वभाव बोकेर

बौद्धिक र व्यावहारिक ज्ञान पाएर

 

चंगालाई धागोले अनुशासित बनाए झैं

काँचो माटोलाई चाहेको आकारमा ढाले झैं

 

वातावरणको नियन्त्रणमा

अभिभावकको निगरानीमा

 

जग आधार बलियो भएमा

हाँक्छन् देशलाई प्रगतिको चुलिमा

 

शारिरिक मानसिक अवस्था अनुसारको काम पाएमा

सहभागी हुनेछन् नव आविष्कारको होडमा

 

बालकमा निहित गुणहरु, ज्ञान सीप र क्षमताहरु

जब पहिचान गरिनेछ अनि तारिफ र प्रोत्साहन पाउनेछ

 

प्रशंसा र स्याबासी पाएर मनोबल बढदै जानेछ

सकरात्मक सोचको संचार संसार भरि नै फैलिनेछ

 

समय र धैर्य अँगालेर आत्मविश्वास बढनेछ

अनि त ज्ञानको सफलता सधैं उँचो हुनेछ

 

सभ्य, सुसंगत जहाँ हुन्छ

एक अर्काको सम्मान त्यहाँ हुन्छ

 

राजा सुद्धोधन पनि झुक्नु भएछ

आफ्नै पुत्र बुद्धको खुट्टा ढोगेर ज्ञानको प्रशंसा गर्नुभएछ

 

बालक हुन् झिलमिल बल्ने तारा

समृद्धि विकासका आँखा बँनुन संसारमा सारा

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!