साहित्य-कला

तीज

 प्रभा आचार्य
प्रभा आचार्य

विशेष महत्त्वकाे महान चाड आयाे
सबै चेलीहरुकाे मनमा हर्ष र उल्लास छायाे
सांस्कृतिक गरिमा बाेकेकाे पर्व
गीत,संगीत र नृत्यसँग जाेडिएकाे सांगीतिक पर्व
गाउँघरका महिला दिदीबहिनी भेला भएर
मनका भाव गीतका माध्यमबाट फुकाएर
विभिन्न भाव र वेदना पाेखेर
माइत जाने उत्कट रहर बाेकेर
मेलापात छाेडन नसक्ने व्यवहार
घर परिवेशकाे बाध्यतालाई
सामञ्यस्यतामा ल्याउनलाई
वर्ष दिनमा आएकाे चाडमा माइत जाने
आफूले भाेगेका दु:ख,पीडा मुखरित गर्ने
नारी वर्गहरुकाे त्याग तपस्याकाे उदाहरण
आफ्नाे संस्कृति सम्बर्द्धनकाे लागि जाेड
सम्पूर्ण दिदीबहिनीहरुकाे ऐक्यबद्धता
निराहार व्रत उपासनामा एकाग्रता
गाउँ समाजमा मेलमिलापको सद्भावना
उन्नति प्रगति पथमा लम्कदैकाे सम्भावना
हर्ष र उमङ्गले भरिएका
रङ्गिचङ्गी वस्त्र पहिरिएका
आफुलाई मनपर्ने गहनामा सजिएका
राताे रङ्गलाई विशेष महत्त्व दिदै
समूहमा नाच्दै गाउदै रमाइलो मान्दै
काे वृद्ध काे भर्खरका उल्लासपुर्ण वातावरणमा
सबैकाे मनकाे मन्दिर ह्रदयकाे अन्तर कुन्तरमा
ॐनम:शिवायकाे महिमा शिवालयमा गाउदै
पार्वतीमाताले दिएकाे शिक्षालाई शिराेधार्य गर्दै
भक्तिभावपूर्ण श्रद्धाका साथमा
पवित्र र शुद्ध बनी पूजाअर्चनामा
आराधना गर्छन सबै ध्यानमग्नमा
साँच्चै देखिन्छन महिलाहरु संस्कारको सफलतामा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!