साहित्य-कला

पर्वको बेला मन दुख्यो

Shobha Khatiwada Kafle
शोभा खतिवडा काफ्ले

पर्व आएको छ घर सड्घारमा !

बाढि र पैर्हो छ तराई पाहाडमा !!

सद्दभाव पनि हामीले राख्नै पर्दछ �

संस्कृति पनि हामीले जोगाउनु पर्दछ !!१�

 

देशको भाग यसरी दुखेको पिडाको यो यस्तो बेलामा; �

चाड पर्व हामीले मनाउँनु पर्दछ घर घरमा  अनि राष्ट्रमा !!२�

 

मनाउनु नै पर्दछ चाडबाडहरु �

जस्तो सुकै परिवेशहरुमा !!�

जोगाउनु पर्दछ कला र संस्कृति; �

देश पिडामा छटपटिएको पनि बेलामा !!३��

 

मनमा भएको हर जोश र जाँगरहरु  !�

मधेस सम्झेर यसै ओइलाउँदछन् हर रहरहरु !!

तर पनि सड्घारमा आएको चाडपर्व !�

मिलेर हाँस्दै मनाउनु पनि त छ !!४��

 

कहिले हिमाल र पाहाड दुख्यो !�

कहिले मधेस नै सिड्गै डुब्यो !!�

कहिले नदि र नाला नै पो बिके !�

कहिले देशको सिमाना नै गुम्यो !!५��

 

कहिले भाइ भाइ नै फुटेर यहाँ�

छिमेकीले हाम्रो अभिमान लुट्यो !�

कहिले नेपाली जड्गलमा पसे; �

कहिले यी पार्टिका नाममा फुटे !६ ��

 

भनिन्छ पिडाले पाठ सिकाउँछ अरे !

देशलाई जोगाउने कला पनि दिन्छ रे !!

आत्म निर्भरताको एउटा पाठ सिकौँ !

नेपाली मिलेर देशको सम्बृद्दि जोगाऔँ? !! ७

 

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!