विचार-विश्‍लेषणविज्ञान जिज्ञासा

हिन्दू धर्ममा सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

हिन्दू धर्ममा सहगोत्रीसंग विवाह गर्न हुदैन भन्ने चलन रहेको छ । विवाहमा गोत्रको ठूलो महत्व छ । भनिन्छ विवाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नुपर्छ । प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले गर्दछ ।

कुन गोत्रको सँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन् । हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ : आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र । कोहीकोही चाहिँ मावलको हजुरआमाको गोत्रमा पनि विवाह गर्नु हुँदैन भन्छन् ।

के छ त धर्मशास्त्रमा सहगोत्रीसँग विवाह बारेमा ?

हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन ।

धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ । यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।

मनुस्मृतिमा लेखिए अनुसार सत्पुरुष वा विद्वान् नभएको कुल र क्षयरोग, मिर्गीरोग तथा कुष्ठरोग लागेको कुलमा आफ्नो सन्तानलाई बिहे गराउनु हुँदैन । जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो ।

के भन्छ विज्ञानले सहगोत्रीसँग विवाह बारेमा ?

सगोत्री विवाह वर्जित गरिनुमा अत्यन्त वैज्ञानिक कारण छ । हजारौं वर्ष पहिले ऋषिमुनीहरूले यस कारणलाई सही ढङ्गले बुझेका रहेछन् भन्ने कुरालाई वर्तमानको आधुनिक गर्भ विज्ञानले प्रमाणित गरिदिएको छ । सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ । केही नयाँपन हुन्न तिनीहरूको । महान् सन्त ओशोले पनि विवाह जति टाढाको गोत्रसँग हुन सक्यो त्यति राम्रो हुने बताउनुभएको छ । यस्ता दम्पतीको सन्तान गुणी र प्रभावशाली हुन्छन् ।

यो पनि पढनुहोस्

के छ त गोत्र प्रणालीको वैज्ञानिक आधार ?

के भन्छ विज्ञानले सहगोत्रीसँग विवाह बारेमा ?

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!