साहित्य-कला

एउटा युगको तस्वीर बनाउन चाहन्छु

अमित संग्रौला
-अमित संग्रौला

आमा म

एउटा युगको तस्वीर  बनाउन चाहन्छु

त्यो तस्वीर  शताब्दीकै पुरानो

तस्वीर  हुनेछ र,

भावी पिढींले महसुस गर्नेछन्

देशमा कति संघश गरेर

शान्तिको श्वास फेर्न सकिएको  छ

देशले शान्तिको लागि कति युद्ध गर्नुपर्यो

दाजुभाइ दिदीबहिनी नै

विपक्षमा लड्नु पर्यो युद्ध गर्नुपर्यो

हो आमा म,

म यस्तो तस्वीर बनाउन चाहन्छु

जहाँ युद्ध बिराम रोकेर

शान्ति छाएको हुनेछ

देशमा चारैतिर बत्ति बल्नेछ

भ्रष्टाचार बलात्कार हुने छैन

बेरोजगार हट्नेछ शिक्षित बन्नेछन्

देशले हसिलो मुहार फेर्नेछ

जहाँ त्यो तस्वीर हेरेर

भावी सन्ततिहरु ती वीर युद्दाहरुलाई

सम्झेर दुई थोपा आँसु झाल्ने छन्

हो यस्तो युगको तस्बिर बनाउन चाहन्छु

त्यसैले तपाईंको साथ चाहिएको छ

त्यो आत्मीयता र प्रेम चाहिएको छ

त्यो तस्बिर मेरो हृदयबाट

बग्ने प्रत्येक आसुको थोपाहरुले

बन्नेछ।।

अमित संग्रौला, बिर्तामोड, झापा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!