धर्म-सस्कृति

कुशे औशी (पितृदिवस)

प्रभा आचार्य
-प्रभा आचार्य

भाद्र कृष्णपक्षको दिनमा कुशलाई विधिपूर्वक जरैबाट उखेलेर घरघरमा भित्र्याइन्छ । त्यहीं कुश वर्षभरिका परम्परागत चाडपर्व संस्कारमा अति पवित्र ठानिन्छ । यस दिनको  अमावश्यालाई कुशे औशी पितृदिवस भनिन्छ । हिन्दूहरुको  धार्मिक कार्य सम्पन्नताका लागि कुशको  ठूलो  महिमा भरिएको  हुन्छ । पीपल, शालिग्राम, तुलसी कुशलाई भगवान विष्णुको  प्रतीक मानिन्छ ।

जालन्धरकी पत्नी बृन्दाको  सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि पाएको  श्राप भनिन्छ । यस पर्वलाई बुबाको मुख हेर्ने पितृऔशी पनि भनिन्छ । वैदिक परम्परामा पितालाई जीवित देवता मानिन्छ । जीवित देवतालाई प्रसन्न तुल्याउनु नै सन्तानको  ठूलो  धर्म ठानिन्छ । सन्तानलाई सर्वस्व ठान्ने मातापिताको सुखशान्तिको  प्रार्थना गरिन्छ । मीठा मिष्ठान्न फलफुल उपहार अर्पण गर्दै सदा हँसिलो र सुस्वास्थ्यको  कामना गरिन्छ ।

पिता नहुनेहरुले गोकर्णमा अवस्थित पवित्र तीर्थस्थल गोकर्णेश्वर महादेवको मन्दिरमा दर्शन गरिन्छ ।  उत्तरवाहिनी नदी र वाग्मती नदीको संगममा गइन्छ । शुद्ध र पवित्र मनले पिताको नाममा श्राद्ध र पिण्डदान गरिन्छ । कुशे औशीको  दिन पितृ श्राद्धदान गरेमा पितृहरुले  कैलाश वास पाउने विश्वास गरिन्छ । जन्मदाता मातापिताहरुको  आदरभावले सेवासुश्रुषा गर्नाले सदा सर्वदा आशिर्वाद पाइरहिन्छ॥प्रभा॥

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!