लेखहरु

बुवाको स्मंरण

प्रभा आचार्य
– प्रभा आचार्य

बुबा आदरणिय सम्माननिय परिवारका प्राणदाता जाज्वल्यमान तारा हुन् । उनले आफुलाई विर्सन्छन् । आफ्नो घरलाई विर्सन्छन् । तर आफ्नो काम कर्तव्यलाई कहिल्यै विर्सदैनन् । जस्तोसुकै परिस्थिति मा पनि आफ्नो काधँमा आएको जिम्मेवारीलाई पूरा गर्ने हिम्मत साहस उनमा छ । बुबा उनी एक महान् व्यक्ति हुन् । उनको संरक्षकत्व पाएर सन्तानले सँधै सहि मार्गको बाटो पैल्याइरहेका हुन्छन् । बुबाको न्यानो मायामा उनिहरु लुटपुटिन्छन् ।

जीवन पथमा अगाडि बढने हौसलाप्रद शिक्षा बुबावाट नै प्राप्त गर्ने भएकाले जुनसुकै समय पनि बुबासँग बस्न रुचाउँछन् । बुबाले रमाइलो मानेर धेरै ठाउँमा घुमाइदिने र खेलाइदिने भएकाले बुबासँग हिंडन आनन्द मान्छन् । बुबाले घरमा सुखशान्ति समृद्धिको कामना गर्दै परिवारका सदस्यहरुको अनुहारमा उज्यालो ल्याउन हर प्रयत्न गरिरहेका हुन्छन । सन्तानको उज्ज्वल भविष्यको लागि चिन्तित रहन्छन् । साथै आफूले जस्तोसुकै कष्ट सहेर पनि सन्तानको इच्छा पूरा गरेरै छाड्छन् ।

प्रभातकालिन बिहानीसँगै उडेको चरा जब साझँमा चुच्चामा चारो बोकेर टोड्काको बँचेरालाई प्रशन्न तुल्याए झैं प्रत्येक बुबाले सन्तानको अनुहारमा चमक ल्याउन अनवरत् प्रयासमा लागिरहेका हुन्छन् । बुबा त्यस्ता समृद्धशाली व्यक्तित्व हुन जुन उनले परिवारप्रति निस्वार्थ गरेको त्याग नै ज्वलन्त उदाहरण बनेको हुन्छ । सरलता, निर्भिकता, स्वाभिमान र पितृभाव जस्ता ज्ञानका खानी पिताले घर परिवारमा आफू वृक्ष बनेर छहारी दिने काम गरेका हुन्छन् । सम्पूर्ण परिवारले उनको सहारा पाएर हाँस्ने र बाँच्ने प्रेरणा पाएका हुन्छन् ।

हरेक क्रियाकलापमा बुबाको निगरानी पाएर बलियो बन्नुका साथै माथि उँचो स्थानमा पुग्न सक्षम भएका हुन्छन् । बुबाबाट सिकेका अनुशासन र संस्कारका पाठहरु जीवनभर उपयोगी र मननयोग्य रहन्छन् । प्रत्येक क्षण बुबाको हेरविचारमा घेरिएका हुन्छन् । बुबाको सदाशयताबाट शत्रुहरु परास्त गरि मित्रताको सद्भाव बढाउन पाएका हुन्छन् । बुबाबाट पाएको धर्म संस्कारको शिक्षाबाट सन्तान सँधै असल बाटो हिंडनका साथै आफूलाई हरेक परिस्थितिमा जुझ्न सक्ने मनाेवल तयार पारिसकेका हुन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!