साहित्य-कला

देशको महिमा हृदयले बुझौँ

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

यो देश हाम्रो जन्मिएको भूमि हो; जन्मको कथा हृदयले बुझौँ !

पराई सामु जन्मभूमिको टुक्रा पार्ने खेल नसिकौँ !!१

 

खण्डहरु बनाइ यो प्यारो देशको एक एक टुक्रा तिमी हातमा लिएर !

पराईसित दयाको कुनै सानो र थोरै भिक्षा दान लिएर !!२

 

यो देश बनाउँला भन्ने चाहना तिमी तिम्रो मनमा कुनै पनि नराख !

देश नरहे नेपाली रहन्नन् यो कुरा तिमी हरपल जानी राख !!३

 

देश यो हाम्रो मुटु झैँ छ मुटुझैँ मायाँ गर्न पनि सिकौँ !

यो देश कसैले बनाउँदैनन् आफैँले बनाउने कला अव हामी सिकौँ !!४

 

देश हामी नेपालीको हो; नेपाली श्रमले सिड्गार्न अव देऊ !

पराइका सामु यो आफ्नो देशको भिक्षा कोहि माग्न तिमी नजाऊ !!५

 

अरुको मुलुक सड्कटमा पर्दा जोगाउने वीर हामी नेपाली जनता !

आफ्नो प्यारो जन्म भूमिलाई सिड्गार्न अव हरेक नेपाली तम्स !!६

 

करोडौ मुटुमा ढुकढुक गर्ने शिरको ताज हाम्रो हिमाल बनेर हाँस्ने !

नदि, नाला, खोला र जड्घार छन यो देशको शान बनेर बग्ने !!७

 

यस्तो सुन्दर, शान्त, सितल प्यारो हाम्रो यो जन्मभूमिलाई !

लडाई, झगडा केहि नगरी मिलेर देश मात्र बनाऊँ यो देशलाई !!८

 

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!