साहित्य-कला

यस्तै बन्नु तिमी

मन;
म सड्गै छौ तिमी हरपल यता उति तर छाम्छु म तिमीलाई तर
कहिले भेटिने तिमी फेरि किन हो कहिले भेटिदैनौ किन ?

मन;
मेरो मुटु भित्र नै छौ तिमी मेरो साथै तर पल्याक पुलुक
चिहाउँछु म तिमीलाई; खै कुनै बेला कतै पनि त नजिक
देखिदैनौ किन किन ?

मन;
सासमा फेर्छु म तिमीलाई हर घडी तर यसो हेर्छु मेरो सामुन्ने
यदा कदा हुन्छौ तर हर पल सड्गै तिमी किन उभिदैनौ
मेरो मन जसरी ?

मन;
हरपल मेरो मन मै छौ तर छाम्दा कहिले काहीँ भेटिने तिमी हर
पल, हर घडी हुँदैनौ र महशुष गर्दा मात्र हृदयमा हर पल छौ
तिमी किन !!

तर मन; म चाहन्छु, तिमी हर पल यताउति यतैकतै मेरै
सामुन्ने मेरै साथ हौ तिमी !

मुटु भरी हैन मन;
तिमी मेरो वरिपरी मात्र हौ र हाँसी रहुँ हरपल म यो चाहन्छु !!

तिमी सासमा हैन मेरो आभाषमा हौ हरपल रम्दै ,
हाँस्दै र खेल्दै; यो चाहन्छु म मेरो मन !

तिमी विहानी झुलुक्क उज्यालो बनेर झुल्क,
मध्यान्नमा झलमल
न्यानो उज्यालो बन्;
संध्यामा सितल बनेर तिमी
रातमा जगमगाउने त्यो चन्द्र बन मन तिमी मेरो लागि !!

तिमी कलमको मसी बनिदेऊ मेरो लागि !
तिमी कविताका शव्द र भाव बनिदेऊ मेरा लागि !!
तिमी जीवन नै बनिदेऊ मन
तिमी हरपल साथै है यसै गरि पल पल मेरो पनमा रम्दै है मेरे
प्यारो मन !!!

 

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!