साहित्य-कला

बुद्ध भूमि यो बनाएर सफल बनोस जुनी

यो बुद्ध भूमि बनाई सफल बनोस है हाम्रो नि जुनि !
बुद्द, सिता, शिव, राम, अनि कृष्णको यो हो है तपभूमि !!१!!

यो मेरो बिस्वास अटल बनोस देश बन्ने बाटोमा !
देशको माटो मौलाई रहोस् बिकासको बाटोमा !!२!!

नेपाली हामी हाँस, खेल गरौँ नेपालको माटोमा !
एकता जोगाऊँ, सम्बृद्दि लाऊँ यो हाम्रो माटोमा !!३!!

मरेर लानु के छ र हामीले देश जोगाई जाउँ न ?
जन्मलाई हामी साकार पारौँ यो देश बनाउँन् !!४!!

देशको माटो छुनु छ हामीले कसम खाएर !
सफल बनोस यो हाम्रो जुनी सम्बृद्दि ल्याएर !!५!!

यो देशको कथाकविता लेखौँ गौरव गाथाको !
नेपाली हामी एक ढिक्का बनौ जोगाऊँ राष्ट्र यो !!६!!

गीतको भाका यस्तो होस हाम्रो झ्याउरे लय बनोस् !
कोशी र काली कर्णाली सेती उर्जाको खेति होस् !!७!!

घरको संघार लिप पोत गरौँ देशलाई सजाऊँ !
हरेक घरमा सम्बृद्द नेपालको नक्सालाई सजाऊँ !!८!!

मायाँको बारी सम्बृद्द बनोस घर र परिवारमा !
सूर्यको ज्योति जगमगाई पसोस हरेक घरमा !!९!!

हे चन्द्र तिमी जगमगाऊँ सितल बनेर उज्यालो !
यो मुटु रमोस् पाएर मायाँ त्यो तिम्रो साथमा !!१०!!

नेपाली जाती धर्म र कर्म रोपौ यो देशमा !
मायाँ र सद्दभाव बाँढेर बाँचौ देशको माटोमा !!११!!

नेपालमा बसुन नेपाली जाती रमाई रमाई !
देशको माटोमा पसिना पोखुन पौरख लगाई !!१२!!

हे ईश्वर देऊ आशिर्वाद तिमी यो मेरो भूमिलाई !
सफल बनोस यो हाम्रो जुनी यो देशलाई बनाई !!१३!!

हिमाल हाँसोस्,पाहाड जागोस तराई मौलाओस !
पूर्खाको नासो यो प्यारो देश विश्वमा मगमग बनोस् !!१४!!

न यो हिमाल कसैको, न हाम्रा बुद्ध हुन कसैका !
कृष्ण हुन बरु साझा; तर यो देश हो मात्र हाम्रो !!१५!!

यो देशको अनमोलतामा बक्र दृष्टि परेमा !
बुद्धको यो शान्ति क्षेत्रमा गिद्गे नजर परेमा !!१६!!

महिमा बुझौँ अव त हामी एक जुट बनेर !
यो देश कस्तो अमुल्य धन हो भन्ने महिमा बुझेर !!१७!!

भाषणले मात्र अव हाम्रो देश यो बन्दैन !
युवाको ज्ञान बिना यो मुलुक बन्न सक्दैन् !!१८!!

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!