स्वास्थ्य

मधुमेहको कारण, लक्षणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मधुमेह एउटा यस्तो रोग हो जसको कारण रगतमा ग्लूकोजको मात्रा बढ्दछ । रगतमा इन्सुलिनको उत्पादन कम हुने र कार्बोहाइड्रेट्सको पाचन कम हुने हुनाले मधुमेह रोग मानिसलाई लाग्दछ । यो रोग महिलालाई भन्दा पुरूषलाई बढी हुने गरेको पाइन्छ ।

कारण (Etiology)

मधुमेहको रोग प्राय ५०,६० को उमेरमा हुने भएपनि ठूलो सानो दुवैमा हुने गरेको पाइन्छ । यस्तो रोग प्राय काम नगर्ने बसेर खाने, मोटो मानिसमा बढी देखिएको छ । धनीको तुलनामा गरिबमा यो रोग कम हुने गरेको पाइन्छ । यो रोगको अर्को कारणमा अल्कोहलसंग कोक, फेण्टा, स्प्राइट आदि मिश्रण गरेर खानेहरूमा बढी पाइएको छ ।

लक्षणहरु (Symptoms)

१. यो रोग लागेको मानीसलाई बढी पिसाब हुने गर्दछ । रोगको सुरुमा २४ घण्टामा १ १/२ लिटर देखि ३ लिटर सम्म पिसाब हुने गरेको पाइन्छ ।

२. धेरै पिसाब हुनुको कारण मुख सुख्ने हुन्छ ।

३. यो रोग लागेका महिला र पुरुषको योनी चिलाउने र पुरुषको लिङ्गको अग्र भागमा मसिनो घाउ र बिबिरा देखिन सक्छ ।

यदि मधुमेहको शुरु अवस्थामा आयुर्वेदिक उपचार हुन सक्छ भने यो रोग चाँडो निको हुन सक्छ । मधुमेह रोगमा दुब्लाउदै गएको छ भने चक्लेट समय-समयमा खाने गर्नुपर्छ यसो नभएमा चक्कर लाग्ने बेहोस हुने जस्तो समस्या देखिन सक्छ ।

उपचार

१. डायबकिल कैपसूल दिनमा ३ पटक पानीसित दिने ।

२. करेला जामुन रस ३० मि.लि जति दिनमा २ पटक दिने राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

रगतको उल्टी हुनुको कारणहरु, लक्षणहरु र उपचार

मस्तिष्क रक्तस्रावको कारणहरु, लक्षणहरु र उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!