जीवन-दर्शन

सृष्टिको नियम

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

सृष्टिको नियम ! धर्म संस्कृति र जन्म सवै एकैपटक मानिसले प्राप्त गरेको हुन्छ । तर उसले म कस्तो हुनेछु र मेरो कर्तव्य के हो भन्ने कुरा पृथ्वीमा झर्ने वित्तिकै भुलेको हुन्छ । यही कारण उ लोभको भुमरीमा फस्दै जान थाल्दछ ।

प्रकृतिलाई नियालेर र हेर्दा पाप र धर्म यही धर्तीमा देखिन्छ । एउटै कोखबाट जन्मेको सन्तान एउटा करोडपति हुन्छ भने अर्को रोडपति भएर अघि बढेको हुन्छ । मानिसको गर्भ जुन दिन रहंछ त्यही दिन जन्मन्छ र त्यही दिन उ मर्छ । जन्मपछि म मर्नुपर्छ भन्ने कुरा हरेकले बुझ्न सके धर्तीमा ठूलो परिर्वतन हुने थियो ।

लोभ-लालचले मानीसलाई गल्ती माथि गल्ती गर्दै जान्छ र अन्तरिम घडीमा हे राम भन्दै उसले यो संसारबाट बिदा लिन पुग्छ । सृष्टिकर्ता भगवानले यउटा ठुलो भुल गरेको मैले देखेको छु त्यो हो राम्रो कर्म गर्ने ग्यान मानिसलाई दिन विर्सनु । मर्ने दिन कसैलाई थाहा छैन तर गलत गर्न उ कहिलै पछि पर्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।  

यो पनि पढनुहोस्

नेपालमा के छैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!