स्वास्थ्य

रुद्रघण्टी के हो ?

वयस्क पुरुषको घाँटीमा देखिने रुद्रघण्टीको बारेमा विभिन्न धर्ममा विभिन्न व्याख्या गरिएका पाइन्छन् । इसाई धर्मअनुसार भगवानले नखानु भनेको एक फल आइरहेको समयमा भगवान आइपुग्दा निल्नु न ओकल्नु भएपछि फल घाँटीमै अड्किएको कारण रुद्रघण्टी बनेको थियो । तर, यो त एक किम्बदन्ती वा अन्धविश्वास मात्र भयो। रुद्रघण्टी खासमा के हो र यो पुरुषमा मात्र किन पाइन्छ छ ? यसको बारेमा केही चर्चा गरौ । रुद्रघण्टी खासमा स्वरकण्ठ कै एक भाग हो ।

न त महिला–पुरुष दुबैमा रुद्रघण्टी हुन्छ । फरक यतिमात्र हो कि पुरुषमा यो राम्रोसँग देखिन्छ भने महिलामा देखिँदैन । रुद्रघण्टी दुईवटा कुर्कुरे हड्डी मिलेर बनेको हुन्छ । रुद्रघण्टी बाहिरबाट हेर्दा कति ठूलो देखिन्छ भन्ने कुरा दुईवटा हड्डीहरु बिचको कोण कति छ भन्नेमा निर्भर रहन्छ । पुरुषमा यी दुई हड्डीबीचको कोण ९० डिग्री हुनाले चुच्चो प्रष्टसँग देखिन्छ तर महिलामा भने १२० डिग्रीमा फैलिएको हुँदा चुच्चो राम्रोसँग देखिँदैन । जन्मदा महिला–पुरुष दुवैमा रुद्रघण्टीको आकार उस्तै उस्तै भएपनि किशोरावस्थामा पुरुषमा (टेस्टोस्टेरेन) हर्माेनको उत्पादन बढ्दा ल्यारिङ्सको आकार ठूलो हुन जान्छ । तब रुद्रघण्टी पनि स्वतः ठूलो हुन्छ । त्यसैले गर्दा वयस्क पुरुषमा रुद्रघण्टी प्रष्टसँग देखिन्छ ।

किशोरावस्थामा पुरुषमा उत्पादन हुने टेस्टोस्टेरोन हर्मोनको कारण स्वरकण्ठको आकार ठूलो हुन जान्छ, जसको कारण सानो छदाँदेखिको आवाजमा परिवर्तन आउँछ । यही स्वरकण्ठको आकारमा आउने परिवर्तनको कारण पुरुषमा रुद्रघण्टीको निर्माण हुन्छ । तर महिलामा टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा केटाकेटीहरुबाट किशोरी अवस्थामा आउँदा पनि आवाजमा खास परिवर्तन आउँदैन र स्वरकण्ठको आकार पनि त्यति ठूलो हुन पाउँदैन । त्यसकारण महिलामा रुद्रघण्टी हुँदैन ।

यो पनि पढ्नुहोस् 

पुरुषको घाँटीमा मात्र रुद्रघण्टी किन हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!