विचार-विश्‍लेषणविज्ञान जिज्ञासा

के छ त गोत्र प्रणालीको वैज्ञानिक आधार ?

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दू समाजमा गोत्र व्यक्ति तथा थर पहिचानको मुख्य आधार अथवा सिद्धान्त हो । गोत्र, शाखा, सूत्र र प्रवर विना हिन्दू समाजका ब्राह्मण, क्षेत्रीय, वैश्य तथा शुद्रहरूको पहिचान गर्न असम्भव छ  । यी थरहरूवीच विवाह, व्रतवन्ध, जन्मकर्म देखी मृत्युकर्मसम्म गोत्रकै आधारमा गरिने हुँदा गोत्र विनाको ब्राह्मण, क्षेत्रिय, वैश्य तथा शुद्र थरहरू फेद विनाको टुप्पो जस्तो हुन जान्छन् ।

गोत्र माथि  उल्लेखित थरहरूको आधारभुत पहिचान हो । तर वर्तमान समयमा थर, गोत्र, शाखा, प्रवर, सूत्र आदिलाई यसको कुनै आवश्यकता छैन मानिसको जात पुरुष र महिला मात्र हो बाँकी सबै मिथ्या हुन् भन्ने सोचको विकास भएको पनि पाइन्छ । आधुनिक गर्भ विज्ञानले गोत्र प्रणाली र यसको आवश्यकतालाई प्रमाणित गरिदिएको छ किनकी गोत्र, प्रवर प्रणाली विकास गर्नुमा अत्यन्त वैज्ञानिक आधार रहेको देखिन्छ । मानव जन्म प्रकृयाको वैज्ञानिक आधार क्रोमोजोम र जीनमा आधारित रहेर यो प्रणालीको विकास गरेको देखिन्छ ।

वास्तवमा गोत्र मात्र हैन कुनै दुई थरवीच प्रवर मात्र मिलेमा पनि विवाह निष्तेज गरिएको छ । किनकी हरेक प्रवर र गोत्र एक आपसमा अन्तर सम्वन्धित छन् । तसर्थ तीनका सन्ततिवीच विवाह गर्नु एउटै कुलका कन्या र पुरुष वीचको विवाह जस्तै हुन्छ । यही कारणले गर्दा सगोत्रीभित्र वा एकै प्रवर भएका गोत्र वीचको विवाह वर्जित गरिएको हो । सगोत्री विवाह वर्जित गरिनुमा अत्यन्त वैज्ञानिक कारण छ । हजारौं वर्ष पहिले ऋषिमुनीहरूले यस कारणलाई सही ढङ्गले बुझेका रहेछन् भन्ने कुरालाई वर्तमानको आधुनिक गर्भ विज्ञानले प्रमाणित गरिदिएको छ । त्यस प्रकारको वैज्ञानिक प्रमाणलाई यसरी प्रस्तुत गरिएको छ ।

यस्तो छ गोत्र प्रणालीको वैज्ञानिक आधार

वर्तमान जीव विज्ञान तथा गर्भ विज्ञानले वताए अनुसार स्त्री गर्भमा मानव शरिरको विकास दुइटा सेलबाट शुरू हुन्छ । एक सेलमा २३ जोडी क्रोमोजोम हुन्छन्  तीमध्ये एक सेल आमाबाट र एक सेल बुवाबाट आएका हुन्छन् अर्थात हाम्रो शरीरमा जम्मा ४६ वटा क्रोमोजोम हुन्छन् । ती ४६ वटा क्रोमोजोम अर्थात २३ जोडी क्रोमोजोम मध्ये एक जोडी क्रोमोजोमलाई लैङ्गिक क्रोमोजोम भनिन्छ । त्यही एक जोडी क्रोमोजोमले व्याक्तिको लिङ्ग निर्धारण गर्दछ ।

यो वैज्ञानिक आधार अनुसार Y क्रोमोजोम केवल पुरुषमा मात्र हुन्छ । सन्तान उत्पादनमा Y क्रोमोजोमबाट छोराको जन्म हुन्छ । अर्थात छोरा जन्मनुमा उसको पिताको मुख्य भूमिका हुन्छ । छोरा जन्मनुमा पिता नै निर्णायक हुन्छ । पिताको Y क्रोमोजोम विना छोराको जन्म असम्भव छ । छोरी जन्मनुको निमित्त पिताको X क्रोमोजोम र आमाको X क्रोमोजोम मिल्नुपर्ने हुन्छ । जबकी छोरा जन्मनको निमित्त पिताको Y क्रोमोजोम र माताको X क्रोमोजोम मिल्न आवश्यक हुन्छ ।

विज्ञानले प्रमाणित गरे अनुसार स्त्रीमा केवल X क्रोमोजोम मात्र हुन्छ Y क्रोमोजोम हुँदैन Y क्रोमोजोम पुरुषमा मात्र हुन्छ । तसर्थ छोराको जन्म उसको बाबुको Y क्रोमोजोमका कारण हुन्छ र यो Y क्रोमोजोम क्रमशः पिताबाट छोरा, नाति, पनातिमा हुँदै एवं रितले हुँदै अघी बढ्छ । जबकी महिलाको X क्रोमोजोम र पुरुषको X क्रोमोजोम मिलेर जन्मेकी छोरी अर्कै पुरूषसँग विवाह हुँदा उसको X क्रोमोजोम अन्य वंशसँग मिक्स हुँदै जान्छ र पितातिरको X क्रोमोजोमको अस्तित्व समाप्त हुँदै जान्छ । जबकी पुरूषको Y क्रोमोजोम कसैसँग मिक्स नभइ अनवरत रुपमा अघी बढ्छ ।

पुरुषको जन्मको कारण Y क्रोमोजोम नै हो, जुन उसको पिताबाट मात्र प्राप्त हुन्छ । अर्थात पुरूषको वंश वा जिन Y क्रोमोजोम आफ्नो पुर्खाको मात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम रहन्छ भने महिलाको गोत्र विवाह पछी उसको श्रीमानको गोत्रमा परिणत हुन्छ किनभने त्यस महिलाबाट जन्मिने पुत्रको Y क्रोमोजोम उसको अथवा मुख्य जीन वा वंश उसको पतिको हुनेहँदा त्यो महिलाको गोत्र पनि उसको श्रीमानको गोत्रमा विलय भएर जान्छ । अर्थात स्त्रीले आफ्नो जन्मको वंशको जीन बोक्दैनन् जबकी पुरुषले आफ्नो हजारौं वर्ष पुरानो पुर्खाको Y क्रोमोजोम बोक्दै आइरहेको हुन्छ । त्यस कारण पुरुषलाई वंशको प्रतिनिधी मानिन्छ । त्यसैले गोत्र प्रणालीको विकासको मुल कारण Y क्रोमोजोमको पहिचान गर्दै युगौं युगसम्म आफ्ना भाइवन्धुहरूको पहिचान कायम राख्नु थियो तसर्थ गोत्र प्रणाली नितान्त जीव विज्ञान र गर्भ विज्ञानमा आधारित छ ।

सगोत्री विवाह निशेध गर्नुका पछाडी पनि माथी उल्लेखित कारण मुख्य हो । यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको Y क्रोमोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ, किनकी त्यस बालकको Y क्रोमोजोम र त्यस स्त्रीको पिताको Y क्रोमोजोम एउटै हुन्छ । यस हिसाबले सगोत्रीसँग विवाह भनेको एउटै गर्भका भाइ र बहिनीवीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ । यस्तो हुन गए गम्भिर जैविक असर उत्पन्न हुन्छ भनि जिव विज्ञानीहरूले भनेका छन् । उनिहरूका अनुसार एउटै गोत्रमा विवाह हुँदा केटी र केटाको जीन एउटै हुँदा त्यसबाट जन्मिने सन्तानमा केही जैविक कमि वा शारिरिक तथा मानसिक विचलन जस्तो समस्या उत्पन्न हुन सक्ने प्रसस्त सम्भावना रहने हुँदा पनि सगोत्री विवाह अस्विकृत गरिएको हो । सगोत्री विवाह हुँदा वंशको कुल बिग्रन्छ भन्ने प्रचलन पनि वैज्ञानिक वास्तविकतामा आधारित छ । उक्त भयावह असरबाट बच्न सगोत्र विवाहको निषेध शास्त्रीय रूपमा नै गरिएको । गरुड महापुराण अनुसार सगोत्रमा विवाह हुँदा जन्मने सन्तान चाण्डाल मनिन्छ ।

जीवशास्त्रीहरूका मत अनुसार Y क्रोमोजोम लाखौं वर्षसम्म पनि परिवर्तन नहुने र एउटै रुपमा रहि रहने हुँदा त्यसको सहि उर्वरा शक्ति हाँसिल गर्न फरक वंशको X क्रोमोजोम आवश्यक हुन्छ । जसरी एउटा अन्नको बिउ लगातार एकै ठाउँमा लामो समयसम्म लगाउँदा बिग्रिन्छ त्यस्तै Y क्रोमोजोम पनि आफ्नै वंशको X क्रोमोजोमसँग मिल्दा त्यसको सही विकास नहुने र सन्तानमा शारारिक तथा मानसिक विचलन उत्पन्न हुने प्रवल सम्भावना रहने हुनाले विवाह फरक वंशसँग गर्दा मात्र X र Y क्रोमोजोमको सही ढङ्गले विकास हुन पाउँछ । तसर्थ अहिले वैज्ञानिक रुपले पुष्टी भएको सगोत्री विवाह गर्न नहुने विषय हजारौं वर्ष पहिले ऋषिमुनीहरूले थाह पाइ सोही अनुरुपको सामाजिक परम्परा बसालेको देखिन्छ । यस हिसाबले सोच्दा हाम्रो परम्परा, धर्म, संस्कृति, रीतिरिवाज आदि वास्तविक अर्थमा अत्यन्त वैज्ञानिक आधारमा आधारित रही प्रचलनमा ल्याइएको देखिन्छ ।

यो पनि पढनुहोस्

हिन्दू धर्ममा सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

के भन्छ विज्ञानले सहगोत्रीसँग विवाह बारेमा ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!