लेखहरुविज्ञान

विज्ञान र गणितमा न्यूटनको योगदान के रहेको छ ?

Gopal Bhandari
गोपाल भण्डारी

न्यूटनले जिन्दगीभरी अविवाहित रही आफ्नो जीवनलाई पूर्ण रूपमा नै वैज्ञानिक काममा समर्पण गरे । उनले विज्ञान र गणितशास्त्रमा दिइएका योगदानलाई निम्न अनुसार प्रकाश पार्न सकिन्छ ।

(क) सन् १६६४ मा न्यूटनले प्रिज्म (Prism) बाट प्रकाश छिराई प्रकाशका सिद्धान्तहरू बुझ्न विभिन्न प्रयोगहरू गरे । ती प्रयोगहरूबाट उनले प्रकाश सातवटा भिन्दाभिन्दै रंगीन प्काशहरू मिली बनेको तथ्य पत्ता लगाए ।

(ख) सन् १६६५ मा उनले बायोनोमियल (Binomial) र क्यालकुलस (Calculus) जस्ता गणितको आविस्कार गरे । त्यसबेला उनी जम्मा २४ वर्ष मात्र थिए ।

 (ग) न्यूटनको गुरूत्वाकर्षणको नियम (Newton’s Law of Gravitation)

सन् १६६६ मा न्यूटनले गुरूत्वाकर्षणको नियम प्रतिपादन गरे । पृथ्वीले कुनै पनि वस्तुलाई आफूतिर तान्ने गुणलाई गुरूत्व वल (Force of Gravity) भनिन्छ । यहि वलले कुनै पनि वस्तुलाई पृथ्वीले तलतिर तानिरहेको हुँदा हामी पृथ्वीमा आउन सकेका हौँ । पृथ्वीमा समस्त पदार्थ पृथ्वीको केन्द्रतिर नै जान खोज्ने त्यस्तै विशाल सौर्यमण्डलमा रहेका अनेकौं ग्रहहरू सूर्यतिर आकर्षित हुने तहसम्म उनले पत्ता लगाएका थिए ।

(घ) सन् १६७० मा न्यूटनले परावर्तनीय दूरदर्शक यन्त्र (Reflecting Telescope) को आविस्कार गरे ।

(ङ) न्यूटनका गतिसम्बन्धी नियमहरू (Newton’s Laws of Motion)

न्यूटनका गतिसम्बन्धी नियमहरू (Newton’s Laws of Motion) लाई तीन भागमा बाँडिएको पाइन्छ ।

१. पहिलो नियम (First Law of Motion)

प्रत्येक पिण्डमाथि कुनै प्रकारको बाहिरी वल प्रयोग भएन भने त्यो वस्तु स्थिर अवस्थामा छ भने स्थिर रहन्छ र चालमा छ भने एउटा सरल रेखामा समान चालले चलिरहन्छ यसरी वलविना चालमा नआउने गुणलाई इर्नसिया (Inertia) भनिन्छ ।

२. चालको दोश्रो नियम (Second Law of Motion)

प्रवेग वलसँग प्रत्यक्षरूपमा समानुपातिक (Directly Proportional) हुन्छ । अथवा वल अनुसार गति निर्धारण हुन्छ । गति एकनास गर्न जति बढी तौल भयो उति बढी वल लगाउनुपर्छ ।

३. चालको तेस्रो नियम (Third Law of Motion)

प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिाय हुन्छ ।दुई बलहरू सधैं परिमाणमा बराबर हुन्छन् तर विपरीत दिशामा लाग्छन् ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!