स्वास्थ्य

एण्टिबायोटिक औषधिबारे जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एण्टिबायोटिक औषधिबारे जानकारी ! एकदिन तपाईं हामी सवै वातावरणमा भएका ब्याक्टेरिया वा फगस इन्फेक्शनको कारणले गर्दा रूघाखोकी,घाँटीको इन्फेक्शन, निमोनिया र पेट सम्बन्धित थुप्रै बिमारीको चपेटामा पुग्दछौं । हुनत डाक्टरले यस्ता विरामीको लागि सामान्य औषधि दिने गरेका हुन्छन तर सामान्य औषधिले काम गर्न नसकेको खण्डमा त्यस्ता रोगको जरो भन्नाले ब्याक्टेरियाको बिकास रोक्न प्रयोग गरिने औषधि एण्टिबायोटिक वा एण्टि बैक्टीरियल मेडिसिन दिइएको हुन्छ ।

जसको प्रयोगले विभिन्न प्रकारको ब्याक्टेरियाको उपचारमा राम्रो भुमिका खेलेको देखिन्छ । एण्टिबायोटिक औषधिको गलत प्रयोगको कारणले आज मानिसहरूलाई एण्टिबायोटिकको रेजिस्टेण्ड हुदै गएको देखिन थालेको छ वा काम गर्न सकेको छैन । रोगको सहि डायग्नोसिस नगरी दिएको एण्टिबायोटिक औषधिले कालान्तरमा शरीरमा असर देखाउने एण्टिबेक्टीरियामा एण्टिबेक्टीरियल औषधिले काम गर्न छोड्दछ । यस्ता रोगहरू दिनप्रतिदिन बढ्दै गएको देखिन थालेको छ । यस्ता रोगको लागि बेक्टीरियल सक्रमणको केसमा सहि औषधिको अभाव हुनाले स्वास्थ्यमा गम्भीर खतरा बढ्दै गएको छ ।

आज नेपालमा जथाभावी एण्टिबायोटिक औषधिको प्रयोगमा सरकारले रोक लगाउन थाल्नुले भविष्यमा झन ठूलो समस्या आइलाग्ने त होइन भन्ने खतरा बढेको छ । हाम्रो भन्नुको अभिप्राय यो होकी कुनैपनि कामको शुरु गर्दा सहि तरिकाले प्रयोग गर्छ भने खासै असर नहुने तर लापरबाही तरिकाले प्रयोग गर्छ भने एण्टिबायोटिक औषधि मात्र होइन अरू औषधिले पनि नोक्सान गर्न सक्छ भन्ने हाम्रो ठहर छ ।

सवै प्रकारका रोगमा एण्टिबायोटिक औषधि आवस्यक नहुन सक्छ जस्तै भाइरल फिवर, रूघा खोकीमा मह, तुलसी पात, अदुवा, ज्वानोले समेत निको हुन सक्छ । आज मानिस बनि बनाएको औषधि नै प्रयोग गर्ने बानीको कारण दैनिक आफ्नो स्वास्थ्यलाई समेत जोखिममा पार्दै गएको छ । हाम्रो गाउघरमा साना तिना रोगको उपचार घरेलु जडिबुटीबाट गर्न सके यस्ता खतरनाक समुहका औषधिको प्रयोग क्रमश: घटाउदै जानसके ठूलो उपल्धि हुने हाम्रो ठहर छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

आयुर्वेदिक औषधि र यसको रहस्य

होम्योपैथीक औषधि सेवनबारे जानकारी

औषधिको रूपमा फिट्कीरीको प्रयोग

होम्योपैथीक औषधि र दादको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!