चिकित्सा विज्ञान

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । सहि तरिकाबाट औषधि चलाउदा औषधि अमृत हो भने गलत तरिकाले चलाएमा जहर पनि हुन सक्छ ।

नेपालीमा उपचार र औषधिको बारेमा संवेदनशीलता देखिँदैन । विज्ञ व्यक्तिहरुलाई पनि आफूले कुन नामको औषधि खाइरहेको छु, यसको डोज के हो र औषधिले गर्ने काम के हो भन्ने कुराको बारेमा जानकारी भएको पाइँदैन । यसै कुरालाई ध्यानमा राखेर आज हामीले औषधि सेवनमा कुनै त्रुटी नहोस् भनेर यहाँ जानकारी पस्कन गइरहेका छौं ।

हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिको बारेमा जस्तै विज्ञ र अनुभवी व्यक्तिले पनि चासो दिएको पाइँदैन । औषधि खाएको एक महिनापछि मात्रै त्यो औषधिको सेवन गर्ने मिति सकिएको रैछ भन्ने थाहा पाउँछौ अर्थात किन्ने बेलामा औषधि सेवनको मिति कहिलेसम्म हो भन्ने विषयमा खासै ध्यान जाने गरेको छैन । जुन कुराले बिरामीलाई प्रत्यक्ष असर गर्छ ।

यदी तपाईँ कुनै अस्पताल जानुभयो र चिकित्सकले औषधि लेखे भने त्यो कुन औषधि हो ? औषधि प्रयोग गर्ने मिति कहिलेसम्म लेखिएको छ, त्यो औषधिले के कस्ता साईडइफेक्स गर्न सक्छ ? खानापछि खाने कि खानाअघि खाने ? कति दिनसम्म खाने र कति घण्टाको फरकमा खाने भन्ने लगायतबारे बुझ्न जरुरी हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा बिरामीले सेवन गर्ने औषधिको भूमिका के हो ? अर्थात तपाईँले त्यो औषधि किन खाने, त्यो औषधि खाँदा फाइदा के हुन्छ भन्ने बारेमा बुझ्न जरुरी हुन्छ । जबसम्म एउटा बिरामीले औषधिको महत्व के छ भन्ने कुरा बुझ्दैन त्यस्ता व्यक्तिले औषधि छाड्ने, नियमित नखाने जस्ता समस्याहरु हुन्छन् ।

चिकित्सकले पनि बिरामीले खाने औषधिको रोल के हो भन्ने बारेमा जानकारी गराउँन आवश्यक छ । यसमा बिरामीले पनि चासो राख्नुपर्छ । चिकित्सकले तपाइँलाई लेखिदिएको औषधि र औषधि पसलले दिएको औषधि एउटै होकी होइन भन्ने बारेमा निश्चित गर्न अति आवश्यक हुन्छ । औषधि सट्टामा दिएको भए फार्मा कोपीया फरक छ भने गुण फरक हुन सक्छ । बनाउने तरिकामा पनि भर पर्छ सकेसम्म सेवन गर्ने औषधि एउटै हुन आवश्यक छ ।

चिकित्सकले कति वटा औषधि लेखिदिए र फार्मेसीले कतिवटा औषधि दिए भन्ने कुराको बारेमा पनि जान्न जरुरी हुन्छ । कहिले काहि ५ वटा औषधि लेखिएको ठाँउमा ४ वटा मात्रै दिएको पनि हुनसक्छ । त्यो छुटेको एउटा औषधि अरु औषधि भन्दा महत्वपूर्ण हुन सक्छ ।

औषधिको एकातिरको भागमा औषधिको नाम र कम्पनी अनि डोज लेखेको हुन्छ भने अर्काे भागमा औषधि सेवनको मिति लेखिएको हुन्छ । औषधिको सवैभन्दा महत्वपूर्ण कुरा मानिसको शरीरको तौलको आधारमा दिने औषधि भए जोखेर दिने गर्नुपर्छ । कुनै व्यक्तिले चिकित्सकको सल्लाह बिना औषधिको डोज घटाउने बढाउने अथवा छोड्ने गर्ने गरेको पनि भेटिन्छ तर चिकित्सकको सल्लाह बिना यस्तो गर्नु गलत हो । यसले फाइदा होइन वेफाइदा बढी गरेको पाइन्छ ।

Like & Follow us on Facebook

कुनै कारण बिना नै सेवन गरिरहेको औषधि बन्द गर्दा केही असर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि जानकारी हुनुपर्छ । जस्तै सुगर, प्रेसर लगायत रोगहरुको औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । चिकित्सकको सल्लाह बिना यो औषधिको डोज घटाउने वा बढाउने गर्नु हुँदैन । एउटा औषधि पनि आधा मात्रै भाँचेर खाइरहनु भएको छ भने त्यस्तो औषधि एक दुई दिनपछि खाँदा खासै काम गर्दैन । झोल औषधिमा पनि सिल खोलेपछि एक हप्ता, १५ दिन या एक महिना मात्रै प्रयोग गर्न सकिन्छ त्यसपछि भने निरन्तर प्रयोग गर्न मिल्दैन ।

औषधि सेवन गर्दा कुनै अन्य सामान्य समस्याहरु पनि देखिन सक्छन् । जस्तो प्रेसरको औषधि खाँदा खुट्टा सुन्निन सक्छ, खुट्टा सुन्निनु भनेको साधारण समस्या हो यस्तो समस्या देख्ने बितिकै औषधि छोड्नुपर्छ भन्ने छैन । तर बिरामीले औषधि बन्द गर्दा फेरि प्रेसर हाई हुन्छ । औषधि खाँदा समस्या भएको खण्डमा चिकित्सकलाई तुरुन्त जानकारी गर्न आवश्यक हुन्छ ।

यो पनि पढ्नुहोस्

औषधि सेवन गर्दा बुझ्नुपर्ने कुरा

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधिका रुपमा तेजपत्ताका फाइदाहरु

औषधि सेवनमा ध्यान दिनुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!