खानपानहेल्थ टिप्स

भुइँकटहर (Pineapple) र यसको उपयोगिता

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

नेपालमा सवैभन्दा बढी उत्पादन हुने फलफूलमा भुइँकटहर पनि एक हो । यो स्वादिष्ट हल्का अमिलो र गुलियो स्वाद भएकाले सवैले खान रूचाउदछन् । भुइँकटहरमा भिटामिन सी प्रशस्त हुनाले शरीरमा रोग प्रतिरोधक शक्ति प्राप्त हुन्छ । यो नियमित सेवन गर्नाले शरीरलाई चिसोबाट पनि बचाउने काम गर्दछ ।

भुइँकटहरमा प्रशस्त मात्रामा पाइने मैग्नीशियमले हड्डी बलियो बनाउनुको साथै शरीरमा शक्ति प्रदान गर्दछ । एक कप दैनिक भुइँकटहरको जुस सेवन गर्नाले शरीरलाई आवश्यक मैग्नीशियम पुरा गराउन ठूलो मदत्त गर्दछ । भुइँकटहरमा शरीरलाई नभई नहुने भिटामिन ए जसको अभावमा नेत्रज्वती कमजोर हुने गर्दछ प्रशस्त पाइन्छ । बढ्दो उमेरमा आँखा कमजोर हुनबाट यसले रोक्दछ । भुइँकटहर सामान्य फलफूल भएपनि यसका फाइदाहरू प्रशस्त देखिन्छ ।

यो पनि पढ्नुहोस्

गाईको दुध र यसको उपयोगिता

बेसन र यसको उपयोगिता

बेसार र यसको उपयोगिता

प्याज र यसको उपयोगिता

जामुन र यसको उपयोगिता

ल्वाङ र यसको उपयोगिता

धतुरो र यसको उपयोगिता

भुइँकटहरमा पाइने एंटीऑक्‍सीडेंटले मानिसको सवैभन्दा ठूलो शत्रु कोलेस्ट्रोल कम गर्ने छमता यसमा छ । मुटुको रोग बढाउनुमा कोलेस्ट्रोलको ठूलो हात देखिन्छ । मुटुका रोगीले भुइँकटहर सेवन गर्नु फाइदाजनक छ । उच्च रक्तचाप भएका विरामीलाई समेत भुइँकटहरको सेवनले राम्रो फाइदा गर्दछ । भुइँकटहरमा प्रशस्त मात्रामा पोटेशियम र सोडियम हुनाले ब्लड प्रेशरका रोगीका लागि पनि भुइँकटहर महत्वपूर्ण देखिएको छ ।

गर्भवती महिलाले भुइँकटहर सेवन गर्दा उल्टि हुने समस्या हल गर्न ठूलो मद्धत गर्दछ । भुइँकटहरको जुस विहानै खाली पेटमा केहि दिन जुस दिनाले राम्रो फाइदा गर्दछ । तर ठिक भएको अवस्थामा भने धेरै जुस नखादा ठीक हुन सक्छ । कुनैपनि पेय पदार्थको ओभर डोजले गर्भवतीलाई नोक्सान गर्न सक्छ ।

मधुमेहका बिरामीले खानुहुँदैन ?

भुइँकटहर मधुमेहका रोगीको लागि उपयोगी छैन यस्ले सुगरको लेवल बढाउन सक्छ । भुइँकटहर अमिलो हुने दाँत कुडिन सक्छ । मधुमेहका रोगीले ताजा भुइँकटहर थोरै खानाले खासै फरक नपरेता पनि क्यानमा राखेको जुसमा चिनिको प्रयोग बढी हुने हुनाले सेवन नगर्दा उचित हुनेछ ।

Like & Follow us on Facebook

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!