स्वास्थ्य

मानिसले कति सुत्नुपर्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसले कति सुत्नुपर्छ ? प्रकृतिले मानिसलाई स्वस्थ रहन कम्तीमा ८ घण्टा सुत्ने समय तोकेको छ । तर कामको व्यस्तता र मोवाइल चेटिङ जस्ता कारणले ४,५ घण्टा भन्दा कम सुत्ने गरेको पाइन्छ । स्वस्थ रहन जति खानपानको आवश्यकता छ त्यो भन्दा सुत्न बढी आवश्यक छ । आज नेपालमा खानपिन र आराम गर्नमा लापरबाही हुनाले मानिस धेरै रोगको दलदलमा फस्दै गएको छ । एक अध्ययनले राती ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातको खत्तरा २ गुणा धेरै हुने भन्दै ज्यान जाने खत्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ ।

केही बंशानुगत रहेपनि विकाशोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा ब्यालेन्समा खान नसक्नु । कसरतको समय नपाउँनु र चैनका साथ सुत्न नसक्नु नै प्रमुख कारण मान्ने गरिएको छ । ‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा लगायत पर्दछन् ।

Like & Follow us on Facebook

अध्ययनकर्ताहरूले जैविक दृष्टिकोणबाट पर्याप्त निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउने पत्ता लगाए, खासगरी उच्च रक्तचाप भएका र रगतमा ग्लुकोजको मात्रा उच्च भएका (हाइ ब्लड सुगर) व्यक्तिहरूममा मेटाबोलिक सिन्ड्रोम भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाचनसम्बन्धी धेरै जटिल समस्या आउन सक्छ । तर, यी सबै सम्भावनाबारे अझै अनुसन्धान गर्न आवश्यक छ ।’ यस्ता जोखिममा परेका व्यक्तिको मुटुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने देखिन्छ छ ।

यो पनि पढनुहोस्

उत्तर सिरानी गरेर सुत्नु नहुने पौराणिक मान्यता

कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ?

शास्त्र भन्छ : सुत्ने समयमा यी ५ चिजहरु सिरानीमुनी राख्नुस्

कति घण्टा सुत्नु राम्रो हुन्छ ?

राती सुत्नुअघि पालना गर्नुपर्ने सामान्य नियमहरु

राती सुत्नुभन्दा अघि गरेका यी गल्तीले बढ्नेछ तौल

किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!