स्वास्थ्य

औषधि पेन्टापराजोल (Pantoprazole) र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

औषधि पेन्टापराजोल (Pantap) 40 mg को सेवन गराउदा प्रोटान पंप इन्हिबिटर पैदा हुनाले पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्दछ । पेटमा भरिएको एसिडिटी भगाउनमा यसको राम्रो भुमिका छ । ग्यास्टिक अल्सरमा समेत यसको प्रयोगले राम्रो फाइदा गर्दछ । आजकाल पेटको सामान्य ग्यास्ट्रिकमा पेन्टापराजोल Pantoprazole (Pantap) 40 mg सेवन गर्ने चलन बढी देखिन थालेको छ ।

कहिलेकाही (Pantoprazole (Pantap) 40 mg) आफु खुसी सेवन गराउदा यसबाट हुने (Side Effects) बारे राम्रो जानकारी हुन आवश्यक छ । पेन्टापराजोल Pantoprazole (Pantap) 40 mg औषधिको कुनै Side Effects देखिएको छैन । तर कहिलेकाहीँ पखला लाग्ने, चक्कर लाग्ने, छाला चिलाउने, आँखा धमिलो देखिने आदि समस्या देखिन सक्छ ।

यदि यस्तो लक्षण देखिएमा औषधि रोकेर डाक्टरको परामर्श लिन आवश्यक हुन सक्छ । पेन्टापराजोल Pantoprazole (Pantap) 40 mg औषधि सेवन गर्दा वा गराउदा भिटामिन B12 को कमिमा, फ्याक्चरको केसमा र रगतमा मैग्नेशियमको कमि भएमा नदिने दिएमा नोक्सान गर्न सक्छ भनेको छ ।

हामीले प्रयोग गर्ने कुनै पनि औषधिको साइड इफेक्ट छैन भन्न सकिदैन त्यसैले औषधि सेवन गराउदा हमेसा डाक्टरको परामर्शमा औषधि सेवन गर्ने बानी बसाल्नु राम्रो हो । सेवन गर्नु पुर्ब औषधिबारे पुर्ण जानकारी भएको खण्डमा खान सकिने छ ।

सेवन गर्ने तरिका

१. खाना खानुभन्दा १ घण्टा पहिले मनतातो पानीसंग खानुपर्दछ ।
नोट : कुनै पनि औषधि सेवन गराउदा डाक्टरको रेखदेखमा वा अनुभवी व्यक्तिको रेखदेखमा सेवन गर्नु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!