जीवन-दर्शन

आफ्नो कोहि छ भनेर यहाँ नपरौं भर्ममा ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हरेक महिला होस् वा पुरूषको अन्तिम साथी भनेको श्रीमान वा श्रीमति नै हो किनभने बाबा आमा ढिलो चाँडो जानु हुन्छ । छरछिमेकी साथी-भाई भनेको आफुसंग हुदासम्म मात्र हो । छोरा होस् वा छोरीछोरा भए अर्काको छोरीको सम्पत्ति छोरी भए अर्काको छोराको यहाँ कोही छैन आफ्नो ।

श्रीमतीलाई राम्रो कपडा लगाई दिनुस् उनी खुसी हुन्छिन र साथै घुमाउन लग्नुस कम खर्चमा घर फर्काउछिन चिन्ता पुरूषलाई भन्दा महिलालाई बढी भएको हुन्छ । मैले अनेकौं यस्ता परिवार देखेको छु जसले परस्त्रीसंग बढी समय कटाएर सारा सम्पति डुबाएको ।

मानिस जब जुवा खेल्न बस्छन् केहि पैसा आएको देख्छन् । अझ आउने प्रलोभनमा फस्दै जान्छन् । सारा सम्पत्ति स्वाहा भएपछि बल्ल बुझ्छन् बेकार रहेछ जिन्दगी । सम्पत्ति पनि आफ्नो हुदैन आज छ भोली अर्काको घर पुग्न सक्छ मर्दासंगै लगेर जाने होइन ।

हामीले जे जस्तो विउ रोप्छौं त्यस्तै फल उठाएका हुन्छौ । आज हामीले सम्पत्तिको लागि अरूको अगाडि घमण्ड गर्छौं । यो सवै वेकार हो मित्था हो यहाँ पैसा ठूलो होइन संस्कार ठूलो हो । हामी आफ्नो लागि होइन अरूको लागि पनि बाँच्न सिक्नुपर्छ ।

एकपटक एकजना महिलालाई केहि अंक लेख्न लगाईएछ । उनले लेखेको अंकबाट ६ हटाउन पठाइएछ । उनले ६ जना छिमेकीलाई हटाइछन् । फेरि २ जनालाई हटाउन पठाइएछ त्यो दुइजनामध्ये धेरै सोचेर बाबा आमालाई हटाइछन् ।

अब बाँकी रहेका ३ जनामध्ये १ जनालाई हटाउन आग्रह गर्दा आफ्नो पेटमा नौ महिना कोख बोकेको छोरालाई पनि हटाई छिन यसरी हटाउनुको कारणबारे बताउन आग्रह गर्दा उनले यसरी भन्दै गइन् । बाबा-आमा केहि दिनको पाहुना हुन जानु हुन्छ ।

छिमेकी आफूसंग हुँदासम्म साथ दिन्छन नभए साथ दिदैनन् छोरो विवाह नहुदासम्म आफ्नो हो तर श्रीमान त बाच्दा सम्मको साथी हो भन्दै प्रष्टिकरण दिइछन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

जीवनमा सफल र सुखी बनाउन भगवान श्रीकृष्णका १० प्रेरक बचनहरू

बाबुआमालाई सम्मान गर्ने गरौ नत्र होला पछुतो

मानिसले गरेको सानो गल्तीले निम्त्याउछ ठुलो दुर्घटना

समय र यसको महत्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!