टिप्स

महिलाहरु पुरुषका यी ५ कुराबाट टाढा भाग्छन्

पुरुष र महिला भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । पुरुषहरुले महिलाका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो महिलाहरुले ध्यान दिने गरेका हुन्छन् । यसका लागि महिला-पुरुष दुवैले आफ्नो रुचि अनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।

कतिपय पुरुषको बानी महिलाहरुलाई मन पर्दैन भने महिलाका केहि बानी पुरुषलाई मन पर्दैन । यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाई रहनु भएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो लेख पढ्नुहोस् । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।

१. आफ्नै तारिफ गर्ने पुरुष

महिला यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।

२. फ्लर्ट गर्ने पुरुष

पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जोसुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

३. सधैं प्रश्न गर्ने पुरुष

पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेसिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मन पर्दैन ।

४. पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष

धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।

५. केयर नगर्ने पुरुष

महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस् 

नारीलाई भुतुक्कै पार्ने पुरुषमा हुनुपर्ने ११ गुणहरु

महिलासँग भुलेर पनि सोध्न नहुने कुराहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

महिलाले पुरुषको केके कुरामा ध्यान राख्छन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!