खानपान

काली मार्सी चामलको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सुन्दा दङ्ग लाग्ने तर सत्य यो चामलको भात खाएपछि कम भोक लाग्ने हुन्छ । अनिकाल लाग्दा यो चामल बढि भोक लाग्नबाट बच्न सकिने देखिन्छ । संसारकै सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने काली मार्सी धानको चामलको भातले तपाईको जस्तोसुकै भोकलाई मार्न सक्छ ।

कालो मार्सी धान नेपालको एक मात्र जिल्ला जुम्लामा मात्रै फल्दै आएको छ । निक्कै पोषिलो भएको यो चामल संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ । यो चामलको भात प्रयोग गर्दा चाँडै भोक नलाग्ने भएकाले स्थानीय तहमै यसको खपत अत्यधिक छ । चैतमा बीउ छरिने यो जातको धान कात्तिकमा घर भित्र्याउने चलन छ । मुगुकको केही क्षेत्रमा पनि यो धानको खेती गर्न थालिएको छ ।

जुम्लाको गुठीचौर र बुँग्रामाडीचौर बाहेक प्रायः सबै गाविसमा यो धानको उत्पादन किसान स्तरबाट हुँदै आएको छ । यसरी उत्पादन भएको यो जातको धानको चामल तत्कालीन समयमा राणा र शाही परिवारले भरिया मार्फत दरबार भित्र्याउने गर्थे । ‘राजा वीरेन्द्रको पालामा यहाँको चामल दरबारमा पुग्थ्यो तर अहिले बन्द गरिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

चामल, गहुँ र जौ कुन कति उपयोगी

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!