खानपान

जौं र मानव स्वास्थ्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यमा जौंको ठूलो महत्व छ । जौंको अंकुरमा थुप्रै भिटामिन पाइने भएकाले थुप्रै रोगहरू यस्को प्रयोगले निको हुने कुरा यसमा पाइने भिटामिन ले प्रष्ट पारेको छ । यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, फोस्फोरस, क्याल्सियम, आइरन, फोलिक एसिड, म्याग्नेसियम लगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्सा अनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

चिकित्सकका अनुसार जौंको अंकुरलाई पिसेर बनाएको रस नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेह जस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाई उनीहरूको छ ।

यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्य पदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागि सकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो ।

अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ । भारतमा चिकित्सकहरूले गरेको जौंको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको बताएका छन् ।

नेपालमा पनि जौको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

बैज्ञानिक दृटिकोणले जमराको महत्व

जमराको विषयमा मेरो बिचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!