स्वास्थ्य

रक्सी सेवनका नकारात्मक असरहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रक्सी सेवनका नकारात्मक असरहरु ! नेपाली समाजमा पार्टी र चाडपर्व होस् वा अन्य कुनै खुसी अथवा दुःखको समय सकेसम्म रक्सी पिउने बहाना बनाइ हाल्ने चलन हाबी हुँदै गएको छ । अझ शहरमा हुने प्राय: भोजहरु रक्सीले मात्तिएका हुन्छन्।

रक्सी सेवनकै कारण विश्वभरि हरेक वर्ष ३३ लाख मानिसको मृत्यु हुन्छ । रक्सी सेवनका कारण २०० भन्दा बढी रोग लाग्न सक्छ । रक्सी सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसको क्षतिको अवस्था उस्तै भयावह छ । २०-३९ वर्ष उमेर समूहमा हुने मृत्युमध्ये २५ प्रतिशत रक्सी सेवनका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ ।

रक्सी सेवनले तुरुन्तै पुर्‍याउने हानी

१. गाडी तथा मोटरसाइकल दुर्घटना, लड्नु, डुब्नु आदि ।

२. झैझगडा, होहल्ला-हुलहुज्जत, रिसइवी साँध्ने, आत्महत्या, हत्याजस्ता हिंसात्मक गतिविधि बढ्नु ।

३. यौनजन्य दुर्व्यवहार तथा अपराध, असुरक्षित यौनसम्पर्क। जसले गर्दा अवान्छित गर्भधारण, एचआइभी एड्स जस्ता यौनजन्य रोगको

संक्रमण।

४. समयमै उपचार नगरेको खण्डमा ज्यानै जान सक्ने सम्भावना ।

दीर्घकालीन हानी

रक्सी सेवनले तत्काल आनन्द देला, कसैलाई रमाइलो होला तर, रक्सीको सेवनले मान्छेलाई पुर्‍याउने दीर्घकालीन हानीबारे रक्सी पिउनु

अघि सोच्ने गर्नुहोला ।

१. क्यान्सर

रक्सी सेवनले मुख, घाँटी, पेट, पित्तनली, आन्द्रा, मलद्वार, फियो, कलेजोको तथा महिलामा स्तन क्यान्सर गराउँछ ।

२. हृदय रोग

रक्सीले मुटु रोग, हृदयाघात, उच्च रक्तचापजस्ता ज्यान जाने रोग निम्त्याउँदछ ।

३. मस्तिस्क तथा स्नायु रोग

रक्सीको सेवनले मस्तिष्कघात हुन सक्छ । आँखाले धमिलो देख्नु, बोली लरबराउनु, हातखुट्टा लड्खडाउनु रक्सीले दिमागमा पार्ने खराब

असरका लक्षण हुन् ।

४. कलेजोको क्षति

रक्सी सेवनकै कारण कलेजो रोगका बिरामीहरुलाई आँखा पहेँलो हुने, पेट सुन्निने, जिउ फुल्ने, रगत बान्ता हुने आदि समस्या आउँछन् ।

५. पाचन प्रणालीका रोगहरु

रक्सी पिउनेहरुलाई भोक नलाग्ने, पेट पोल्ने, अपच हुने, पेट तथा अन्द्रामा घाउ हुने, प्वाल पर्ने, रक्तस्राव हुने जस्ता पाचन सम्बन्धी

समस्या देखा पर्छन् ।

६. कुपोषण

रक्सी सेवनका कारण सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, शरीर कमजोर हुने, हात खुट्टा झम्झमाउने, स्मरण शक्ति एवं एकाग्रता हराउँदै

जाने जस्ता समस्या देखिन्छन् ।

७. क्षयरोग

शरीरले संक्रमणबाट लड्न सक्ने क्षमता गुमाउँदा क्षयरोग जस्ता संक्रामक रोग लाग्ने सम्भावना बढ्छ ।

८. मानसिक रोग

रक्सी सेवनले डिप्रेसन, अनावश्यक चिन्ताजस्ता मानसिक रोग उत्पन्न गर्छ ।

९. बाँझोपन

रक्सी सेवन गर्ने महिलामा गर्भ नबस्ने तथा बाँझोपनको सम्भावना बढी हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

विवाहित महिलाले बढि रक्सी पिउँछन्

रक्सीको लत छोड्न ज्वानो

होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति

रक्सी पिउँदा किन मात लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!