आयुर्वेदखानपान

बेथेको साग र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


बेथेको साग म औधी मन पराउछु । मन पराउनुको कारण यसमा भएको औषधिय गुण भएकाले हुन सक्छ तर यो ज्ञान हामीलाई पहिले थिएन । हाम्रो समाजमा बेथेको साग खाने प्रचलन पहिलेदेखि नै थियो तर यसमा औषधिय गुणहरु हुन सक्छ भन्ने कुरा कमैलाई थाहा नहुन सक्छ ।

कुनै पनि हरियो सागसब्जीमा पौष्टिकतत्व हुनाले मानिसलाई फाइदा पुर्याएको छ । आज हामीले कतिपय यस्ता साग खान मन पराउदैनौ यसैको प्रतिफल हामी रोगको दलदलमा फस्दैछौं । हाम्रै गाउँघरमा हेला गरिने बेथेको सागले मानव स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ ।

यो पनि पढ्नुहोस्  

सौंफ र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

क्यान्सर, पत्थरी, कब्जियत जस्ता रोगलाई निर्मुल पार्न बेथेको साग नियमित खानुहोस् भन्ने हाम्रो आग्रह छ । बेथेको साग खाँदा हामीलाई आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित सेवन गर्नाले स्तन क्यान्सरको सम्भावना बिस्तारै कम हुँदै जान्छ भनेको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा–३ र -६ फ्याट एसिड स्तन क्यान्सररोधक हुन्छन् ।

मेरो बुबाले भन्ने गर्नु हुन्थेव बेथेको साग खानाले शरीर दुख्ने समस्या हल गर्दछ । पेटसम्बन्धी समस्या हल गर्छ बेथेको सागले अनेक प्रकारका पेटका रोग समेत निको गराउदछ । तर कतिपयले बेथेको साग मन पराउदैनन् यो उनिहरुको स्वभाव हुन सक्छ । म धनिया मन पराउदैन तर धनियामा थुप्रै फाइदाहरू छन् ।

Like & Follow us on Facebook

बेथेको सागमा पौष्टिक गुणका कारणले हामीलाई सताउने खालका अनगिन्ती रोगहरू जस्तै पेटसम्बन्धी रोग, पत्थरी, कब्जियत, अनियमित महिनावरी , छालासम्बन्धी रोग हरू निको गराउन बहुउपयोगी छ । यस्ता रोगहरू बेथेको साग खानाले क्रमश ठिक हुदै जान थाल्दछ । कतिपय लेखकहरूले बेथेको दाना र बेथेलाई थिचेर रस सेवन गर्न भन्नु भएको छ ।

बेथेको सागबाट आजसम्म उपचार गरेर रोग निको भएको तथ्य भने फेला परेको छैन तर यस्मा हुने पौष्टिक आहारको कारणले यस्ता रोगहरू आफै हराएर जाने भएकाले बेथेको सेवन गर्नुपर्छ भन्ने हाम्रो आग्रह छ । कुनै पनि वस्तुको ठोस अनुसन्धान नगरी खानाले नोक्सान पनि गर्न सक्छ । चाहे जेहोस साग सब्जी पकाउदा हल्का पाकेको हुनुपर्छ यसरी पकाएको सागले हामीलाई राम्रो फाइदा दिन सक्छ ।

बेथेको सागमा हुने फाइदा बारेमा हामीले अघि भनि सकेका छौं कुनै पनि साग सब्जी खान्छौं भने त्यसमा कब्जीयत हटाउने गुण विद्यमान हुन्छ । रोगको प्रमुख कारण भनेकै कब्जीयत हो । हामीले खाने सागले कब्जीयत नष्ट गर्दछ । कब्जीयत हटाएर रोग हटाउन नियमित सागको सेवन गर्ने बानी बसालौ भन्ने हाम्रो आग्रह छ । कुनै पनि बस्तु औषधिको लागि काचो खादै हुनुहुन्छ भने बैद्यको परामर्श लिएर मात्र सेवन गर्नुपर्ने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!