जीवन-दर्शन

चालक र उसको दायित्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दर्घटना घट्नुको पछि सवैभन्दा ठूलो लापरबाहीलाई मान्नुपर्छ, हामी चढ्ने साधनको क्यापिसिट कति छ भन्ने कुरा केवल चालकलाई हुन्छ । चालकले जान्दा जान्दै गल्ती कदापि गर्नुहुदैन तर आज नेपालमा यस्ता अनेकौं दुर्घटना भएका हुन्छन यसमा सवैभन्दा ठूलो भुमिका चालककै हुन सक्छ ।

राष्ट्रको चालक भनेको राष्ट्रप्रमुख हुन यदि राष्ट्र प्रमुखको सानो गल्तीको परिणाम सम्मपुर्ण नागरिक ले भोग्नुपर्ने हुन सक्छ । परिवारको चालक भनेको अभिभावक हो । यदि सन्तानलाई सहि बाटोमा हिडाउन सक्दैन भने त्यहाँ पनि सानो ठूलो दुर्घटना घट्न सक्छ । एकपटक म होटलमा चिया पिउने काममा व्यस्त थिए एकजना अभिभावक सानो बच्चालाई लिएर आउनु भएको रहेछ ।

यो पनि पढ्नुहोस्  

समय र यसको महत्व

यस्तो हुने गर्दथ्यो उहिलेका ऋषिमुनि सपथ

बाबुआमालाई सम्मान गर्ने गरौ नत्र होला पछुतो

मानिसले गरेको सानो गल्तीले निम्त्याउछ ठुलो दुर्घटना

सपनामा मरेका मानिसहरु आउने कारणहरु

उहाँले गिलासमा पानी जस्तो तरल बस्तु जसलाई हामी रक्सी भन्छौं लिएर पिउदै हुनु हुन्थेव र बच्चाले सोधिरहेको थियो बाबा हजुरले के खादै हुनुहुन्छ । जब रक्सीको असर चालकरूपी अभिभावकलाई हुन थाल्यो तब त्यो अबोध बालकलाई सोध्न थाल्यो बाबु यो मिठो अमृत हो चाख्छौ तर त्यो बच्चालाई थोरै पिउन दियो नमिठो भएपनि त्यो बालकले थोरै खाएर उ लट्ठ भइहाल्यो यहाँ हामीले यस्ता बस्तु खान दिनुहुदैन भन्ने थाहा हुदाँ हुदैपनि त्यो बालकलाई खान दिएको थियो भने यहाँ पनि अभिभावक नामक चालकको गल्ती थियो ।

चालक चाहे सामान्य परिवारको होस वा मोटरसाइकलको किन नहोस् वा टेक्टरको किन नहोस् वा बसको किननहोस् वा प्लेनको किन नहोस् वा हेलिकप्टरको किन नहोस् बढी लोड लिएर हिड्छ भने दुर्घटना निश्चित हुन्छ । अघि मैले बालकको जीक्र गरेको थिए त्यो सानो बच्चालाई गलत बाटोमा हिडाल्ने पनि चालक नै थियो ।

हरेक बस्तुको सिमा हुन्छ । जब जब सिमा पार हुन थाल्छ त्याहाँ दुर्घटना हुन थाल्दछ । आज हामीले खाना देखि सुत्ने समयलाई ध्यानमा राख्न नसक्दा पनि हामी दुर्घटनामा परेका छौं । मानिस एउटा चेतनशिल प्राणी हो यस्तो काम गर्नु हुदैन गर्दा मलाई असर गर्न सक्छ भन्दा भन्दै पनि मानीसले गलतमाथि गलत गर्दै जानुलाई पनि हामी चालक सम्झन्छौं ।

Like & Follow us on Facebook

काम गर्दा साना साना कुरामा ध्यान पुराउन सक्दैनौं भने यसले पनि हामीलाई ठूलो धोका दिन सक्छ । आज जतिपनि दुर्घटना भएका छन् सवै लापरबाहीबश भएका छन् भन्दा खासै फरक छैन । एउटा नेपाली उखान छ कि थुतुनोले बिगार्छ की मुतुनोले बिगार्छ भन्ने कुरा हामीले बोल्दा संयमता अपनाउन सक्नुपर्छ ।

सन्तान जन्माउन ठूलो कुरा छैन तर जन्माएको सन्तानको हेरचाह कसरी गर्ने भन्ने कुरामा भर पर्छ । शिक्षा दिदैमा समस्या समाधान हुदैन अझ बढ्न सक्छ । कुनै पनि कुराको अनुसन्धान नगरी गरेको कामले सवैलाई पिडा दिन सक्छ । आज हामीले भोगेको पिडा पनि लापरबाहीका कारणले घटेको छ । कमजोर सोचको परिणाम ठूलो हुन सक्छ जबसम्म यस्तो सोच हावी हुन्छ यसले दु:ख सिवाय केहि दिन सक्ने छैन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!