धर्म-सस्कृति

कलियुगमा भगवानको खोजी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

म लामो समयदेखि भगवानको खोजीमा जंगल पसे तर भगवानको दर्शन गर्न सकिन । भगवानको खोजी गर्नुभन्दा पहिले मैले जे खोज्न निस्केको थिए त्यता ध्यान पुगेन । यदि मैले अन्तर हृदयमा झाक्न सकेको भए वा ध्यान योग गर्न सकेको भए यसरी जंगल-जंगल भौंतारिनुपर्ने थिएन ।

सत्य युगमा तपस्या गरेर जे पनि प्राप्त गर्न सकिन्थ्यो तर कलियुगमा मानिस स्वार्थमा लागेको ले गरेको तपस्या सफल हुने हो वा होइन कुनै ग्यारेन्टी छैन । हामी मठ मन्दिर धाउछौं तर हाम्रो पहिलो माग भनेको पैसा हुन्छ । स्वार्थको कारणले गर्दा चाहेर पनि हामीले भगवानको दर्शन गर्न सकिरहेका हुदैनौं ।

कलियुगमा जतिसुकै तपस्या गरेपनि भगवानको दर्शन सम्भव छैन किनकि हरेक मानिस स्वार्थमा डुवेको छ । हे भगवान सम्पुर्ण मानवको कल्याण गर्नुहोस् मलाई केही चाहिदैन एकदिन सवै छोडेर जानुपर्ने हुनाले मलाई होइन दिनदु:खीको दु:खलाई हेर्नुहोस् भन्नु पर्नेमा हामीले हे भगवान मैले सोचेको सवै पुगोस् भन्ने रहेको हुन्छ ।

आज मानिसले भगवानलाई होइन पैसारूपी लक्ष्मीलाई पुज्न पुगेको हुन्छ । हाय पैसा हाय पैसा भन्दै अन्तसम्म जब्दा-जब्दै उसको लिला समाप्त भएको हुन्छ । सामाजिक सोचमा भन्दा स्वार्थमा मानिस डुबेको हुन्छ । भगवानले भन्नुभएको छ हेर मानव राम्रो सोच राख म तिम्रो अन्तर हृदयमा बस्नेछु तर गलत सोच र गलत विचार भएकाहरूदेखि म टाढा-टाढा रहनेछु भनेर भगवानले भन्नु भएको छ ।

गुरू माता पिता नै भगवान हुनुहुन्छ पुज्नु नै छ भने मलाई होइन वहाँहरूलाई मानेर पुज्ने गर यो भन्दा ठूलो उपलब्धि संसारमा केहि छैन भनेर भगवानले भन्नु भएको छ । यदि माता पिता भगवान नभई दिएको भए सन्तानका हरेक रहर र इच्छालाई शायद पुरा गराउने थिएनन् । हामीले माता पिता र गुरूलाई चिन्न सकिरहेका छैनौ यदि चिन्न सकेको भए शायद हाम्रो सोचमा आमुल परिवर्तन हुनेथियो ।

Like & Follow us on Facebook

जन्मदातापछि गुरू विना यो संसार अन्धकार छ गुरू नै भगवानको दोस्रो रूप हो माता पिताले हामीलाई यो धर्तीमा जन्म दिनुभयो भने गुरूले अधेरोबाट उज्यालोतर्फ हामीलाई धकेल्नु भएको छ । हाम्रा भगवान त हाम्रा वरीपरि हुनुहुन्छ तर पनि हामी भगवानको खोजीमा भौतारी रहेका छौं ।

मैले गुरू बिना संसार अन्धकार छ भन्नुको अभिप्राय यो होकी हामी अन्धकारमा छौं तर त्यहाँ बत्ती बालेर अन्धकारलाई हटाउने काम त गुरूले गर्नुभएको हुन्छ । गुरू विना यहाँ केहि हुनेवाला छैनन् । गुरूको कृपाले नै कोही वैज्ञानिक बने कोही प्रधानमन्त्री बने कोही डाक्टर बने यो सवै केवल गुरू र माता पिताद्वारा नै सम्भव थियो तर हाम्रो सोचमा हामीले गुरू माता पिता भन्दा पनि ठूलो पैसा मानेयौ यहि नै सवैभन्दा ठूलो मुर्खता थियो भन्दा खासै फरक छैन ।

यो पनि पढनुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

के भक्तिभावले शक्ति प्राप्त हुन सक्छ ?

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!