सम्पादकीय

 युरेनियम अन्वेषणमा मन्त्रीले हल्ला गर्दा सुरक्षा चुनौती भन्नु असान्दर्भिक

उद्योगमन्त्री सोमप्रसाद पाण्डेको अगुवाइमा खानी तथा भूगर्भ विभागका अधिकारी र प्राविधिकसहितको सरकारी टोलीले असारको दोश्रो साता  नुन, पेट्रोल र युरेनियम रहेको पुष्टि गरेको छ । युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा भएको खनिज पदार्थको प्रचुर सम्भावनाको जानकारी जनतामा ल्याई आशाको ज्योती फैल्याउनु सकरात्मक कुरा हो ।

तर कुनै पनि देशमा भएको प्राकृतिक स्रोत र साधनको सुरक्षा गर्ने काम राज्यको हो । जे कुराको आलोचना गर्ने काम राम्रो होईन । राम्रा काम हुन नदिने सधै आलोचना गर्ने सस्कारको अन्तय हुनु पर्छ अब । विश्वमै ‘रणनीतिक’ महत्वको खनिज मानिने युरेनियम खानी नेपालमा पाइएको विषयमा सरकारका बहालवाला मन्त्री र बरिष्ठ अधिकारीले गोप्यता भंग गरेको भनेर सुरक्षाविदले आपत्ति जनाउनु राम्रो सकेत होईन । यस्ता टिकाटिपणीले हामी नेपालीलाई मनोबैज्ञानीक रुपमा कम्जोर महसुस गराउछ ।

सुरक्षा प्रबन्ध कमजोर कम्जोर छ भने सवल पर्नु चाही आजको टडकारो आवश्यकता हो । सरकारले मुस्ताङमा भेटिएको युरेनियम संरक्षणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । साउन ७ बसेको मन्त्रिपरिषदको बैठकले युरेनियम सुरक्षामा सेना खटाउने निर्णय गरेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!