अन्तर्राष्ट्रिय समाचारसमाचार

अमेरिकामा रहेका नेपाली वैज्ञानिकहरुले दिए केपी शर्मा ओलीलाई धन्यवाद

काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी ओलीको कार्यकालमा देशको विकासका साथै विज्ञानको क्षेत्रमा पनि महत्वपुर्ण योजना ल्याएको र बजेट बिनियोजन गरेकोमा अमेरिकामा रहेका नेपाली बैज्ञानिकहरुले प्रधानमन्त्री केपी ओलीलाई धन्यबाद दिएका छन्।

विज्ञान प्रविधिको क्षेत्रमा सम्भावना देखाउन महत्वपुर्ण भुमिका खेलेको र आगामी सरकारले पनि ओलीका योजनालाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाई छ । अमेरिकामा बसोबास गर्दै विभिन्न विश्वविद्यालय तथा वैज्ञानिक प्रयोगशालामा काम गर्ने ती वैज्ञानिकहरुले एक विज्ञप्ती जारी गर्दै नेपालमा अब बन्ने सरकारले शान्ति, सुव्यवस्था तथा आधुनिक शिक्षा मार्फत अन्तराष्ट्रियस्तरका दक्ष जनशक्ति उत्पादन गरोस् भनि माग गरेका छन् ।

साथै बिज्ञानको क्षेत्रमा बिशेष योजना र नीति तयार गरियोस भन्ने माग पनि गरेका छन् । अमेरिकामा लामो समयदेखि वैज्ञानिक प्रयोगशाला तथा अनुसन्धानमा सक्रिय डाक्टर रुद्र अर्याल, डाक्टर सुशील जोशी, डाक्टर नन्द रेग्मी, डाक्टर घनश्याम पोखरेल लगायतले नेपाली राजनीतिमा चासो र चिन्ता व्यक्त गरेका हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!