अचम्मको संसार

२६ महिनाको अन्तरमा ६ सन्तान जन्माउने महिला

एजेन्सी अमेरिकाकी एक महिलाले २६ महिनाको अवधिमा वटा सन्तान जन्माएकी छिन् उनले लगातार तीन पटकमा जुम्ल्याहा बच्चा जन्माएकी हुन  सामान्यतया बच्चा महिनामा जन्मिन्छ त्यसपछि सुत्केरी अवधि पुनः गर्भाधारण हुन केही महिना थप लाग्ने गर्दछ  तर, अमेरिकाको कान्सस सहरकी दनेसा कौचले भने २६ महिनाको अवधिमा तीनतीन पटक नै जुम्ल्याहा बच्चा जन्माएकी छिन् भर्खरै २० वर्ष मात्र पुगेकी दनेसाले १० दिन अघि मात्र तेस्रो पटक जुम्ल्याहा छोरी जन्माएपछि चिकित्सकसहित आफन्तहरु आश्चार्यमा पारेका छन्

छोरी जन्मे लगत्तै उनीहरुको नाम डार्ला डिलानी राखियो उनले सन् २०१४ को अप्रिलमा पहिलो जुम्ल्याहा छोराहरु जन्माएकी थिइन् छोरा जन्मे लगत्तै डनारियस डेस्मोन्ड नाम राखिएको थियो तर, उनको एक छोरा डेस्मोन्डको भने प्लासेन्टल एब्रुप्सनका कारण मृत्यु भयो डनारियस भने अहिले स्वस्थ छन्  ‘भर्खरै जन्मेको छोरा गुमाउनु पर्दा असह्य पिडा हुने रहेछ,’ दनेसाले भनिन, ‘शारिरीक मानसिक रुपमा कमजोर भैसकेको थिएँ त्यो समय साँच्चै मेरा लागि खराब समय थियो

त्यसको एक वर्षपछि २९ मे मा दनेसा दोस्रो पटक सुत्केरी भइन् यो पटक पनि उनले जुम्ल्याहा नै जन्माइन् यो मेरा लागि वरदान थियो अझ भन्नुपर्दा छोरा डेस्मान्डको मृत्युपछिको बरवादन हो,’ उनले हाँस्दै भनिन, ‘त्यसपछि मेरी आमाले मलाईडबल ट्रबलभनेर समेत बोलाउनु भयो

जुम्ल्याहा छोरी जन्मेको केही महिनापछि सन् २०१५ को अन्त्यतिर दनिसाले स्वास्थ्य परीक्षणका क्रममा फेरी अर्को खबर सुनिन् कि उनको पेटमा पुन जुम्ल्याहा बच्चा बसेको त्यसपछि दनिसा उनका श्रीमान्ले आवश्यक तयारी अगाडी बढाइहाले उनीहरुले घरमा फेरी जुम्ल्याहा बच्चाको जन्म हुने भएपछि आफ्नो पुरानो कार बेचेर जना अट्ने नयाँ कार समेत किने

१७ जुन २०१६ का दिन अर्थात दश दिन अगाडी मात्र दनिसाले पुन जुम्ल्याहा छोरी डार्ला डेलानीलाई जन्म दिइन् दुई वर्ष दुई महिनाको छोटो अवधिमा तीन पटक लगातार जुम्ल्याहा बच्चा जन्माएकी दनिसाको स्वास्थ्य अहिले राम्रो रहेको चिकित्सकले बताएका छन् यस्तै उनका पाँच सन्तान पनि पूर्ण रुपमा स्वस्थ छन् दनिसा भने सुरुमा जन्मेको एक छोराको मृत्यु नभएको भए अझै घरमा खुसीयाली छाउने बताउँछिन

साभार :  खवर डवली डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!