राष्ट्रिय समाचारसमाचार

मुस्ताङमा भेटिएको युरेनियमको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई

७ साउन, काठमाडौं । सरकारले मुस्ताङमा भेटिएको युरेनियम संरक्षणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले युरेनियम सुरक्षामा सेना खटाउने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । युरेनियमको अध्ययन अन्वेषणको जिम्मा उद्योग मन्त्रालयलाई दिएको छ ।

खानी तथा भूगर्भ विभागले हालै मात्र मुस्ताङमा प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । लगतै उद्योग मन्त्री पाण्डे आफैं उक्त स्थानमा पुगेर अवलोकन गरेका थिए ।युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गर्न सकिन्छ ।   मुस्ताङको लुमान्थाङमा युरेनियम रहेको अनुगमन टोलीले बताएको छ ।

युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ परमाणविक भार भएको रेडियोधर्मी धातु होे ।ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।

एक किलो ग्राम युरेनियम २५३ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको ताप उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बालदा निस्कने ताप बराबर हुन आउँछ । एटम वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलो क्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति तापशकित उत्पन्न हुन्छ त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!