अचम्मको संसार

यसरी मोटरसाइकलले खेत जोत्नुहोस्

एजेन्सी, २२ असार । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै छिमेकी देश भारतका एक किसानले मोटरसाइकलले खेत जोतेका छन् । भारत राजस्थानका किसान प्रहलाद मालीसँग ट्रयाक्टर किन्ने पैसा थिएन । गोरुलाई पनि उनले विदा गरिदिएसकेको थियो । तर उनीसँग जसरी पनि किसानी गरेर परिवार पाल्नुपर्ने दायित्व थियो । अरुसँग सहयोग माग्दा पैसा खर्च हुँने, खेती आफैले नगरी नहुनेभएपनि उनले उपाय निकाले । रिन गरेरै उनले पाँच हजार रुपैयाँमा एउटा हिरोहोन्डा मोटर साइकल किने ।

अन्नत उनी त्यही मोटरसाइकलद्धारा खेती गर्ने उपाय साँेच्न थाले । उनले उपाय निकाले पनि । मोटरसाइकलको दुबै पट्टी लामो फलाम फिट गरेर त्यहाँ उनले फलामको दुई वटा हलो झुन्ड्याइदिए । हलो माथि दुई जना हलिले समाउनुपर्ने लगना सहितको अनौं फिट गरे । त्यसपछि दिनमा १२ बिगाहसम्म खेत जोत्न सफल भए ।

साभार :  खवर डवली डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!