आयुर्वेद

स्वास्थ्यको लागि बिरेनुन खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यको लागि बिरेनुन खानुका फाइदाहरू ! पाचन शक्तिलाई ठिक गर्न बिरेनुनले राम्रो भुमिका खेल्दछ । हामी ठूलो हुँदा पनि मेरो मम्मीले अपच भएको बेला वा पेट सम्बन्धि समस्या भएमा अदुवा बिरेनुनमा पानी राखेर पकाएर हामीलाई सुप जस्तै खान दिनु हुन्थ्यो । अपच भएको बखत यसले ठूलो काम गर्दथ्यो भने आजकाल यसको प्रयोग कम हुदै आधुनिक औषधितर्फ मानिस झुक्दै गएको देखिन्छ ।

मानिसको सवैभन्दा ठूलो रोग भनेकै अल्छीपन हो । हाम्रो भान्सामा राख्न सकिने बिरेनुन आज लोपोन्मुख हुदै एलोपैथिक औषधिले स्थान पाएको देखिन थालेको छ । औषधि चाहे सानो होस् या ठूलो यसले गर्ने काममा ध्यान दिन आवश्यक छ । कहिलेकाहीँ बाहिरको खाना खाँदा खादा फुडपोइजन भएर पेट फुल्ने समस्या भएको बखत यसले ठूला ठूला औषधिले भन्दा राम्रो काम गरेको हुन्छ ।

बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्न सक्ने क्षमता रहेको औंल्याएका छन् । अनुसन्धानले के देखाएको छ भने बिभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम औषधि साबित भएको छ । यस्तो औषधितर्फ मानिसको झुकाब हट्नुको पछि यसले गर्ने फाइदाबारे नजान्दा हुन सक्छ भन्ने हाम्रो ठहर छ । यस्ता औषधि हरेक घरको भान्सामा अनिवार्य हुनुपर्ने देखिन्छ ।

मैले सुन्ने गरेको छु कि बिरेनुन सेवन गराउदा पाद बढी आउने भएकाले नै आजभोली यसको प्रयोग कम हुन थालेको त होइन भन्ने कुरा हामीलाई विश्वास बढेको छ । कतिपय ब्यक्तिहरू आज पनि पादेको सुन्दा कस्तो लाज पचेको ब्यक्ति रहेछ भन्ने गरेको घटना मलाई याद छ ।

बिरेनुनका अन्य १० फाइदाहरू

१. पेट फुल्ने, अपच हुने जस्ता समस्या देखिएमा बिरेनुन र पानी मात्र भएपनि पकाएर खान दिनु तुरुन्त फाइदा दिनेछ ।

२. हामीले खाने जुनसुकै वस्तुमा बिरेनुन राखेर सेवन गर्छौं भने त्यस्तो बस्तु पचाउन यसले राम्रो भुमिका खेल्दछ ।

३. भई कटहर होस् वा आप होस् वा कटहर किन नहोस् यसमा बिरेनुन राखेर सेवन गरेमा यसको बेफादा हुनबाट बिरेनुनले बचाउन सक्छ ।

४. अरूची भएको छ थोरै खानासाथ पेट फुले जस्तो भएमा बिरेनुनको काढा खान दिनाले रूचि बढेर आउछ ।

५. नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । यसको ठोस कारण हो प्यास लाग्नु र पानीको सेवन बढी गर्नु ।

६. नियमित बिरेनुन सेवन गर्दा पानीको सेवन बढी गरिने भएकाले रक्त संचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुषित हुनबाट जोगाउँछ ।

७. बिरेनुनको प्रमुख भूमिका भनेको पाचन प्रक्रियामा सुधार ल्याउँनु हो ।

८. यो सजिलै शरीरमा पच्ने भएकोले पानी बढी सेवन गर्नुपर्ने हुन्छ । जब हामीले पानी बढी पिउछौं त्यति बेला शरीरमा पानीको मात्रा बढ्न गई डिहाइड्रेशन हुनबाट बचाउँछ ।

९. बिरेनुनसंग पानीको सेवन बढी गर्नाले पाचन प्रक्रियामा सुधार हुनुको साथै कलेजो तथा किडनीलाई बलियो बनाउँछ ।

१०. शरीरमा पानीको मात्राको पुर्ति गर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन राम्रो भुमिका खेल्दछ ।

नोट : यस्ता बिषयबस्तु उपर हामी नेपालीको ध्यान जान छोडेको छ । यो लेखलाई बढी भन्दा बढी सेयर गरेर सहयोग गर्नु हुनेछ भन्ने आशा राखेका छौ । यो हाम्रो स्वार्थ होइन सबैले समान फाइदा उठाउन सके ठूलो खर्च र अनावश्यक एलोपैथिक औषधिको सेवनबाट बचाउनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि माछा खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

गोपाल भण्डारी

गोपाल भण्डारी साईन्स इन्फोटेक तथा नेपालपत्रका अनलाईनका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

Leave a Reply

error: Content is protected !!