स्वास्थ्य

स्वास्थ्यको लागि अदुवाको प्रयोगका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यको लागि अदुवाको प्रयोगका फाइदाहरु ! हाम्रो भान्सामा हुने अदुवाको उपयोग हेर्दा ठुला-ठुला रोग पनि पर भाग्न सक्ने देखिएको छ । एकपटक मलाई ठाउँ-ठाउँबाट बाल झर्ने फंगसले आक्रमण गरेको रहेछ । मेरो बाबा वैद्य हुनुहुन्थ्यो उहाँले अदुवालाई वीचबाट काट भन्नुभयो र मैले काटे र जहाँ जहाँबाट बाल उडेको छ ।

खस्रो कपडाले रगडेर अदुवाको टुक्रालाई दल्न भने अनुसार दले बाल क्रमश: उम्रन थालेको थियो । अदुवा पाचनतन्त्रलाई बलियो बनाउने काम गर्दछ । अदूवालाई खानेकुराको स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । तर, यसको उपयोगिता यत्तिमा सीमित छैन ।

टाउकोमा फगसका कारणले गर्दा बाल झर्ने गरेको भए अदुवालाई नरिवलको तेल, बदामको तेल आदिमा मिसाएर पनि यसलाई लगाउन सकिन्छ । रस राम्रोसँग सुकेपछि टाउको धुने गर्नाले खोइरो बिस्तारै हराउँदै जान्छ । नयाँ कपाल उमार्छ अदुवा टाउकोमा लगाउँदा टाउकोमा रक्तसञ्चार तीव्र बन्न जान्छ ।

अदुवाको प्रयोगका अन्य फाइदाहरू

१. अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन र यसले शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ ।

२. अध्ययनबाट प्रमाणित भएको छ कि विहान खाली पेटमा अदुवा सेवन गर्दा धेरै फाइदा मिल्छ । यसले शरीरको मेटाबोलिज्मलाई बढाउँछ र पाचनतन्त्रलाई नियन्त्रित गर्छ ।

३. नियमित रुपमा चियामा हालेर अदुवा सेवन गर्दा चाँडै नै शरीरको तौल घट्छ । यसले पेटको बोसो कम गर्नुका साथै शरीरको तौललाई पनि नियन्त्रणमा राख्छ ।

४. रूघाखोकी लागेको बेला अदुवा,तुलसीको पात,सिधेनुन राखेर उमाल्ने र सेवन गर्नाले रूघा चाडो निको हु्न्छ ।

५. अदुवाले पाचन तन्त्रलाई बलियो बनाउछ रूची जगाउछ । अदुवा गरम प्रकृतिको हुनाले गरम शरीर भएकालाई नोक्सान गर्न सक्छ ।

६. अदुवाको बोक्रा हमेसा फालेर सेवन गर्नु राम्रो हो यसो गर्दा धातु रोग नहुन सक्छ ।

७. प्रत्येक विहान अदूवालाई पानी वा महका साथमा सेवन गर्न सकिन्छ । साथै, यसलाई पेय पदार्थ वा चियाको साथमा पनि प्रयोग गर्न सकिन्छ ।

८. चिसो गडेकाहरूलाई अदुवाले राम्रो फाइदा गर्दछ । अदुवा गरम प्रकृतिकको हुने हुनाले चिसो गडेका, खोकी लाग्नेहरूलाई आगामा अदुवालाई पोल्नुहोस् पोलेको अदुवामा मिश्री मिलाएर चुस्नाले यो समस्या हल हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस् 

स्वास्थ्यको लागि क्वाँटी खानुका फाइदै फाइदाहरु

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु

स्वास्थ्यको लागि चिप्ले किरा खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!