चिकित्सा विज्ञानस्वास्थ्य

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा


क्यालसियम डोविसिलेट (Calcium Dobesilate) को प्रयोग बाक्लो Blood लाई पातलो बनाउन र फुलेको नसा (Vericose Veins ) हरूलाई निको बनाउन बढी प्रयोग गरिन्छ । आज हामीले यो औषधिबाट (Piles ) को रोग निको बनाउन प्रयोगबारे प्रकाश पार्ने जमर्को गर्दैछौं । हाम्रो प्रयास भनेको जनताले औषधि सेवन गर्दा हुनसक्ने Side Effects बारे जानकारी दिनु रहेको छ ।

Haemorrhoids (Piles) खासगरी कब्जीयत (Constipation) को कारणले हुने रोग हो । यो रोगमा कब्जीयत हटाउने खालको औषधिसंग यो औषधि दिएमा राम्रो फाइदा हामीले लामो समयदेखि उठाउदै आएका छौं । गुद्वारमा फुलेका नसाहरू यसले कम गराउदछ । कुनै पनि औषधि दिएर यदि Haemorrhoids (Piles) रोग निको नभएमा यो औषधि खुवाएर हेर्नुहोस् ।

Haemorrhoids (Piles) खासगरी कब्जीयत (Constipation) को कारणले हुने रोग हो । यो रोगमा कब्जीयत हटाउने खालको औषधिसंग यो औषधि दिएमा राम्रो फाइदा हामीले लामो समयदेखि उठाउदै आएका छौं । गुद्वारमा फुलेका नसाहरू यसले कम गराउदछ । कुनै पनि औषधि दिएर यदि Haemorrhoids (Piles) रोग निको नभएमा यो औषधि खुवाएर हेर्नुहोस् ।

Calcium Dobesilate को खासै Side Effects नभएपनि कतिपय अवस्थामा यसको प्रयोगले के कस्तो समस्या निम्ताउन सक्छ भन्नेबारे जान्न आवस्यक छ । Dobsilate सेवन गराउदा कहिलेकाही घाटी चिलाउने, जोर्नी दुख्ने, स्वासप्रश्वासमा असर देखिन सक्छ, उल्टी हुनसक्छ, पखला लाग्न सक्छ ।

हुनत यो औषधिको कुनै नोक्सान नहुने उल्लेख गरेको छ । Haemorrhoids (Piles) को उपचारमा सवैभन्दा राम्रो फाइदा हुने भएकाले आफ्नो डाक्टरको परामर्शमा यो औषधि चलाउन सक्नु हुनेछ ।

निम्न अनुसारको औषधि जस्तोसुकै Haemorrhoids (Piles) रोगमा प्रयोग गरेर लाभ लिन सक्नुहुन्छ ।

१. आइसोलेक्स पाउडर १ चमच राती बेड टाइममा खाने ।

२. Calcium Dobesilate (Dobical) ५०० मि.ग्राम औषधि दिनमा २ पटक ठिक नहुदासम्म खान दिने ।

३. Pylocar Capsule 500mg १ क्यापसुल दिनमा ३ पटक खान दिने ।

४. Pylocar Ointment यो औषधि दिनमा २ पटक लगाउने ठिक हुन्छ ।

नोट : यो औषधि चलाउनु पुर्ब आफ्नो डाक्टरसंग प्रामर्श लिन नभुल्नु होला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

औषधि Azithromycin (Anther) को प्रयोगवारे एक जानकारी

कब्जियत र यसको उपचार

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरूनसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!