स्वास्थ्य

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार कब्जियतका कारण ग्याष्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ ।

कारण

१. असन्तुलित खानपान

२. खाना बढी खानु

३. मसलेदार खानाका साथै, अमिलो, पिरो, चिल्लो बढी खानु

४. पानी कम पिउनु वा शरीरमा पानीको मात्र कम हुनु

५. धुम्रपान तथा मध्यपान बढी गर्नु

६. खाली पेटमा दुध हालेको चिया/कफी पिउनु

७. खाना खाने बित्तिकै सुत्नु

८. दिशापिसाब लामो समय रोक्नु

यो पनि पढ्नुहोस्

यसरी गर्नुहोस् ! ग्याष्ट्रिकको प्राकृतिक उपचार

भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार

के तपाईलाई ग्याष्ट्रिकले सतायो ? यसरी गर्नुस् उपचार

ग्याष्ट्रिकको घरेलु उपचार

पेप्टिक अल्सर र यसको घरेलु उपचार

ग्यास्टिकको कारण र घरेलु उपचार

लक्षण

ग्यास्ट्राइटिस् कुन स्टेजमा छ सोही अनुसार लक्षण देखिन्छ । साधारणतया पेट दुख्नु यसको प्रमुख लक्षण हो ।

१. श्वास फेर्न असजिलो हुने

२. मुखमा अमिलो पानी आउने

३. पेट फुल्ने

४. वान्ता आउने

५. खान मन नलाग्ने

६. छाती पोल्ने

७. दिसा कालो आउने

८. खाना अपच हुने

९. नाइटो वरपरको भाग दुख्ने

१०. लामो समय भए तौल घटदै जाने

Like & Follow us on Facebook

बच्ने उपाय

ग्याष्ट्रिकबाट बच्नका लागि रहनसहन र खानपिनले ठूलो भूमिका खेल्छ । बिहान उठ्ने बित्तिकै पानी पिउने बानीले ग्याष्ट्रिक नहुन सक्छ । रातको समय लगातार ७–८ घन्टाको सुताइले शरीरमा पानीको अभाव हुन जान्छ । त्यसैले बिहान उठ्नासाथ पानी पिउन आवश्यक हुन्छ ।

उपचार

यस्तो रोगमा कब्जीयत हटाउन सके ग्याष्ट्रिक आधि त्यसै निको हुन्छ । यो रोगको उपचारमा त्रिफला र अभिपत्तिकर चूर्णलाई राम्रो उपचार मानिन्छ । त्रिफला चूर्ण राती सुत्नुभन्दा अघि दूधसंग एक चमच दैनिक खाने विहान बेलुका मनतातो पानीसित अभिपत्तिकर चुर्ण खाने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!