आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

नेपालमा थुप्रै उपचारका प्राविधिक भित्रिएका छन् । कुनलाई हामीले ठिक सम्झदा ठिक हुन सक्ला भन्ने कुरा अधिकांशलाई थाहा नहुन सक्छ । प्राचीन उपचार पद्धति भनेको आयुर्वेदिक उपचार पद्धति देखिन्छ । आयुर्वेदका अनुसार मानव शरीर त्रि-दोष, सप्त धातु र मलबाट निर्मित छ।

त्रि-दोषको सिधान्त नै आयुर्वेदको मुख्य आधार हो। बात, पित्त र कफ त्रि-दोषहरु हुन् । प्रत्येक मानिसमा कुनै एक वा दुई दोषहरु प्रभावशाली हुन्छन् । चिकित्सकहरुले विरामीको दोष अनुसार नै रोग निदान गर्छन । सप्त धातुहरु रक्त, रस, मंस, मेद, अस्थी, मज्जा र शुक्र हुन् । त्यस्तै, मानव शरीर पञ्चमहाभूतहरुबाट बनेका हुन्छन्।

आयुर्वेदको उद्देश्य

सिद्धान्तिक हिसाबले आयुर्वेदको प्रमुख दुइ उद्देश्यहरु छन – १. स्वस्थ्य व्यक्तिको स्वस्थ्य रक्षा गर्नु र, २. रोगी व्यक्तिको रोग निर्मूल गर्ने अथवा प्रशमंन गर्नु

नेपालमा आयुर्वेदिक क्षेत्रमा जति उन्नति गर्नुपर्ने हो हुन सकेको छैन । यदि हामीले आयुर्वेदिकलाई उकास्न सक्छौं भने नेपालको अर्थतंत्रमा ठूलो टेवा पुग्ने देखिन्छ । जडिबुटी हाम्रो सम्पदा हो यस्को रक्षा गर्नु नैतिक दायित्व हो । आयुबेदलाई अघि बढाउन सके राम्रो फाइदा देखिन्छ ।

आयुर्वेदलाई अघि बढाउन सवैभन्दा पहिलो प्राथमिकता जडिबुटी पहिचानमा ध्यान दिन आवश्यक छ । आयुर्वेदिक शिक्षा दिदा जडिबुटी परिचयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । जडिबुटीको औषधि बनाउदा कुन अवस्थामा जडिबुटी अोखल्दा बढी उपयोगी हुनसक्छ भन्ने कुरा सवैभन्दा महत्वपूर्ण छ ।

हामीले जडिबुटीलाई तीन तहमा बाडेका छौं पहिलो बाला दोस्रो युवा तेस्रो बृद्ध तीन अवस्थाका जडिबुटीमा सवैभन्दा राम्रो फाइदा दिनेमा युवालाई लिइएको छ । तर औषधि निर्माता कम्पनीले जस्तो पायो त्यस्तै खालका जडिबुटी प्रयोग गर्नाले जडिबुटीबाट बनेका औषधिले केहि काम नगरेको देखिन्छ ।

आज चीन, भारत आयुर्वेदको क्षेत्रमा धेरै अघि बढि सकेकोछ तर नेपाली भुमिलाई जडिबुटीको खानीका रूपमा विश्वमा परिचित छ र हुदाहुदै पनि यसलाई लताईएको देखिन्छ । जडिबुटीको खेती हरेक नेपालीले गर्न सरकारले सघाउछ भने विश्वलाई चकित पार्न सक्ने भुमिका यसले निभाउन र स्वरोजगारको भुमिका खेल्न सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

आयुर्वेद र यसको भविष्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!