विज्ञान जिज्ञासा

नाइट्रस अक्साइडलाई किन लाफिङ्ग ग्यास भनिन्छ ?

नाइट्रस अक्साइडलाई किन लाफिङ्ग ग्यास भनिन्छ ? स्वस्थ रहन हाँस्नु पनि एउटा ऊर्जा हो । यसलाई पीडाको औषधीको रुपमा पनि लिइन्छ । केही वैज्ञानिक समुदायले यसको महत्व बुझी व्यवहारमा उतार्ने प्रयत्न गरेपछि हाँसोलाई प्राकृतिक औषधीका रुपमा प्रयोग गरिन थालिएको हो । हँसमुख रहनुले केवल तपाइँको स्वभावलाई मात्र दर्शाउँदैन यसले तपाइँको सकारात्मक व्यक्तित्व समेत प्रदर्शित गर्दछ । डाक्टरहरुका अनुसार हाँस्दाखेरि अनुहार तथा जिउका अन्य भागका बढि भन्दा बढि मांशपेशीहरु सक्रिय हुन्छन् जुन सरीरलाई स्वस्थ राख्नमा सहयोग बन्दछ ।

हामीलाई थाहा छ कि लाफिङ्ग ग्यास (हसाउने ग्यास) अलिकती सुँघेमा मात्र पनि हामी मरिमरी हाँस्न पुग्दछौ । यस्तो ग्यास उत्तेजित भिडलाई साम्य पार्न र नियन्त्रण गर्न तथा अन्य विविध प्रयोजनका लागी पनि लाफिङ्ग ग्यासको प्रयोग गरिन्छ । वास्तवमा लाफिङ्ग ग्यास नाइट्रस अक्साइड हो । नाइट्रस अक्साइड (N2O) नाइट्रोजन (N) र अक्सिजन (O) को प्रतिक्रियाबाट बनेको हुन्छ । यो रङ्गविहीन, कम क्रियाशिल र पानीमा सजिलैसंग घुल्न सक्ने ग्यास हो । हसाउने ग्यासले प्रख्यात नाइट्रस अक्साइड धेरै मात्रामा सुँघेमा हामी अचेत अवस्थामा पुग्न सक्छौ । तर केहि मात्रामा सुँघेको खण्डमा मष्तिष्कको सुक्ष्म कोषहरुलाई उत्तेजित पार्दछ फलस्वरुप शरीरमा हलुका खालको उत्तेजना पैदा हुन्छ जुन मानिसले हासेको जस्तो हुन्छ याने भित्र जस्तो भएतापनि मान्छे जबरजस्त हाँस्न पुग्दछ ।

यो पनि पढ्नुहोस् 

कसरी हाँस्ने व्यक्तिहरुको स्वभाव कस्तो

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

धक फुकाएर रुनुका फाइदै फाइदा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!