चिकित्सा विज्ञान

रोग र औषधि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोगको सहि निदान नगरी दिएको औषधि अर्थहीन हुन सक्छ । कुनै दुई औषधि मिलाएर गरिने उपचार सवैभन्दा प्रभावकारी भएतापनि यसबाट हुन सक्ने प्रतिक्रियाबारे प्रयाप्त जानकारी नभई औषधि चलाउदा फाइदा भन्दा वेफाइदा बढी हुने गरेको पाइन्छ ।

विगत लामो अनुभवले यो कुरा प्रमाणित गरिसकेको छ की डाक्टर दक्ष नभईकन गरेको उपचार कतिपय अवस्थामा असफल हुने गरेको पाइन्छ । कुनैपनि औषधि चलाउदा सवैभन्दा पहिले रोगको प्रकृति रोगीको अवस्था हेरेर मात्र औषधि छनोट गरेर उपचार गराउन सकेमा रोग चाडो निको हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

रोग लाग्नुका कारणहरु

महद्वारा विभिन्न रोगको उपचार

पिसाव पोल्ने रोग र यसको उपचार

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधिका रुपमा तेजपत्ताका फाइदाहरु

औषधि सेवनमा ध्यान दिनुपर्ने कुराहरु

डाक्टर ठिक हुदाँ-हुदै पनि रोग निको नभएको देखिनु डाक्टरको लापरबाही नभई विरामीसंग घुलमिल गर्न नसक्नु वा विरामीलाई विश्वास दिलाउन नसक्नु प्रमुख देखिन्छ । ठूला-ठूला हस्पिटलबाट ठिक नभएका कतिपय रोगीहरू सामान्य उपचारबाट पनि ठिक भएका घटना छन् ।

उपचार हमेसा अनुभवी डाक्टरको र औषधि सम्बन्धी लामो अनुभव भएका व्यक्तिको हातबाट उपचार गराउन सकेमा रोग बढी निको हुने गरेको पाइन्छ । हाम्रो अनुसन्धान अनुसार ५०० मि.ग्रामको Ma १ एउटा औषधि दिदा त्यसमा ५० देखि १००मि.ग्रामसम्म औषधि कम भएको तर २५० मि.ग्राममा २ क्याप्सुल दिदा पुरा फाइदा भएको अनेकौं उदाहरण फेला परेको छ ।

सवैभन्दा बुझ्नुपर्ने कुरा के छ भने बजारमा नयाँ-नयाँ औषधि आइरहेको देखिन्छ । यस्ता नयाँ औषधिबारे पुरा जानकारी प्राप्त गरेर मात्र औषधि चलाउने बानी बसाल्नु पर्दछ । हचुवाको भरमा औषधि चलाउने परिपाटी बढी भएको कारणले एकातर्फ रोग निको नहुने र अर्कोतर्फ विरामीको अनावश्यक खर्च हुने हुनाले सम्पुर्ण जानकारी लिएर मात्र उपचार गर्नुहुन हामी विनम्र अनुरोध गर्दछौं ।

Like & Follow us on Facebook

२०३८ सालतिर पारामेडिकलको भरमा हजारौं रोगीको उपचार सफलताको साथमा भएको थियो त्यति बेला सहरमा मात्र सिमित डाक्टर थिए अहिले च्याउ उम्रे जस्तै डाक्टर उम्रेको अवस्था छ । आजपनि कतिपय विरामी ठूल-ठूला डाक्टरले ठिक गर्न नसकेका बिरामी सामान्य पारामेडिकलको हातबाट ठिक भएको देखिन्छ ।

यहाँ मेरो भन्नु यो होकी विरामीको समयलाई नहेरी पैसामा मात्र ध्यान दिने परिपाटीले गर्दा कतिपय ठिक हुन सक्ने रोगपनि ठिक नभएको देखिनु दुर्भाग्य त होइन भन्ने बुझाई कतिपयको देखिन्छ । पैसा ठूलो होइन रोग निको हुन्छ भने विरामी त्यसै सन्तुष्ट हुन सक्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!