खानपान

च्याउका खानुका फाईदाहरु

तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । च्याउमा प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थ पाईन्छ । च्याउको सेवनले विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

च्याउ र मानव स्वास्थ्य

केसर र यसको चमत्कारिक फाइदा

औषधिको रुपमा बर्रोको प्रयोग

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

कागती पानीका फाइदाहरु के के छन् ?

१. रक्त चापलाई कंट्रोल गर्दछ

च्याउमा पोटाशियम हुन्छ जो शरीरमा फ्लूइड र मिनरलको स्तरलाई सन्तुलित गरेर रक्त चापलाई नियन्त्रण गर्दछ ।

२. सुगर लेवललाई कन्ट्रोल गर्दछ

च्याउमा एन्जाइम हुन्छ जो नैचुरल इंसूलीनको काम गर्दछ । प्याननक्रियास, लीवर र एन्ड्रोक्राइनलाई सही तरिका संग काम गर्न मदत् गर्नुको साथै इंसूलीनलाई नियंत्रण गर्न मदत गर्दछ।

३. क्यान्सरको समस्यालाई कम गर्न मदत गर्दछ

च्याउमा लिनोलीक एसिड हुन्छ जो एन्टी-कार्सिनोजेनिक कंपाउन्ड जस्तै काम गर्छ, जसले ब्रेस्ट क्यान्सर हुने संभावनालाई कम गर्दछ । इम्युनिटी बढाउँछ च्याउमा राइबोफ्लेवीन हुन्छ जसले रेड ब्लडसेललाई राम्रो गर्दछ, यसले भाईरल प्रतिरोधात्मक प्रोटिन बढाउँछ र साथै शरीरलाई स्वास्थ्य बनाउँछ । च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । साथै सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ । च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्‍याउछ । च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन ।

Like & Follow us on Facebook

४. यौन स्वास्थ्य

च्याउमा जिंक हुन्छ जसलाई पुरूष को स्पर्म काउन्ट र प्रजनन क्षमतालाई राम्रो बनाउने गर्दछ ।

५. वेटलाई कंट्रोल गर्दछ

च्याउमा कार्बोहाइड्रेड र फ्याट कम हुनुको साथ-साथ फाइबर प्रचुर मात्रामा हुन्छ । यसमा भिटामिन बी-कॉम्प्लेक्स हुन्छ जो मेटाबॉलिज्मलाई राम्रो बनाएर वेटलाई सन्तुलनमा राख्न मदत गर्दछ ।

६. मुटुको लागि फाइदाजनक

च्याउमा फ्याट कम हुनुको साथै प्रोटिन धेरै हुन्छ, जसले गर्दा मुटुलाई स्वास्थ्य राख्दछ ।

७. मस्तिष्कलाई स्वस्थ राख्न मदत गर्दछ

यसमा नियासिन र कपर हुनुको कारण यो नर्वस सिस्टमलाई राम्रो तरिकाले काम गर्न मदत् गर्दछ । साथै यसमा पैनथोथेनिक एसिड हुन्छ जसले ब्रेनलाई सही तरीकाले काम काम गर्न मदत गर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!